धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं : वाम गठबन्धनको मुख्य घटक नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
एमालेले निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २७ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो।
जसको सदस्यहरुमा नेताहरु अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा. पुष्पराज कँडेल, विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल, डा. विजय पौडेल, अग्नि खरेल, विन्दा पाण्डे, युवराज कार्की, सावित्रा भुसाल रहेका छन्।
यस्तै नेताहरु लालबाबु यादव, डा. युवराज खतिवडा, रमेश सिलवाल, हरि फुँयाल, रुद्र नेपाल, रमेश बडाल, केदार सञ्जेल, बाबुराम दाहाल, डा. सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी, रामचन्द्र बोहरा समेत कमिटिको सदस्य रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।