काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
- मनोज भट्टराई-
रामेछाप : रामेछापमा एक कांग्रेस उम्मेदवारलाई स्थानीय मतदाताले ८५ किलोको माला लगाएल स्वागत गरेका छन्। सुनापती गाउँपालिको खनिया पानीमा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामलाई ८५ किलोको फूलको माला लगाई स्वागत गरेका हुन्।
१० मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि रामेछापका राजनीतिक दलहरु चुनावीसभा तथा घरदैलोमा कार्यक्रममा व्यस्त छन्। रामेछापमा एमाले माओवादी केन्द्रको संयुक्त गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने देखीएको छ।
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्याम कुमार श्रेष्ठ, प्रदेश निर्वाचन ‘क’ का शान्तिप्रसाद पौडेल, प्रदेश निर्वाचन ‘ख’ का उम्मेदवार कैलाशप्रसाद ढुंगेल चुनावी अभियानमा लागिपरेका छन्।
वाम गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक एवं एमाले केन्द्रीय सदस्य देवशंकर पौडेल, एमाले केन्द्रीय सदस्य माधव ढुँगेल, वामगठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार श्यामकुमार श्रेष्ठ, समानुपातिक तर्फका उम्मेदवार मैनकुमार मोक्तान, प्रदेशसभा ‘क’ का प्रत्यक्ष तर्फका उम्मेदवार शान्तिप्रसाद पौडेल, समानुपातिक उम्मेदवारमा लक्ष्मी गुरुङ, समानुपातिक तर्फकै उम्मेदवार आनन्द श्रेष्ठ, पूर्वसभासद् डिल्लिमान तामाङ, पूर्वसभासद् कमला सुवेदी लगायतका नेता चुनावी प्रचारमा जुटेका छन्।
चुनावी प्रचारमा रामेछापका प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामलगायत प्रदेशसभाका उम्मेदवारहरु जितबहादुर मगर, रत्न कार्की , कांग्रेस रामेछाप जिल्ला सभापति लवश्री न्यौपाने, सचिव लेख बहादुर कार्की , नेताहरु कृष्ण महत, सुवास महत , युवराज भट्राई ,केशव महत लगायतका नेता चुनावी अभियानमा लागिपरेकोे नेपाली कांग्रेस रामेछापले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।