राजनीति

जनार्दन शर्माले भने : हजारौं जनताको साथ छ, बम हान्दैमा डराउँदिन

कात्तिक २४, २०७४

    रुकुम : विना विभागीय मन्त्री तथा प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले आफूलाई रुकुमेली हजारौं जनताको साथ भएको भन्दै जनमतबाट डराएका केही व्यक्तिले बम हान्दैमा नडराउने बताएका छन्।

    उनले युद्धकालमा मृत्यु र शान्तिकालमा जनताको मत जितेर यहाँसम्म आएको हुँदा कसैको बम तर्साइले आफू नडराउने बताए। जिल्लाका विभिन्न ठाउँमा चुनावी अभियानमा सक्रिय शर्मा शुक्रबार सानीभेरी गाउँपालिकाको सिम्लीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए।

     ‘म माथी हजारौं रुकुमेली जनताको साथ छ, मुठ्ठीभरका केहि ब्यक्तिले तर्साउदैमा म डराउदिन' उनले भने, ‘जनयुद्धमा यस्ता हजारौं बमबारुद्धको दुनियाँमा मृत्युलाई जितेर आएको हुँ।' वाम एकताको सहजीकरण गरेर मुलुकलाई समाजवादी क्रान्तिको दिशामा लैजाँदा दलालहरु तर्सेर आफूमाथि आक्रमण गर्न थालेको उनको भनाइ छ।

    शुक्रबार चुनावी सभामा जाने क्रममा चौरजहारी नगरपालिका ८, गोइरीमा शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]