मनोरञ्जन

'बटरफ्लाई' फिल्मको गीत सार्वजनिक, भिडियोमा रोमान्टिक प्रियंका र आर्यन

कात्तिक २४, २०७४

    काठमाडौं: फिल्म 'बटरफ्लाई'को गीत सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक 'म गाउँदिनँ अब गीत गजल' बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन्।

    कालिन्चोकको निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङ छन्। एकअर्काको वर्णन गरिरहेको भिडियोमा आर्यन र प्रियंका एकदमै रोमान्टिक देखिन्छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई सुरेश बज्राचार्यले खिचेका छन्।

    पुस २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई प्रतीक गुरुङले निर्देशन गरेका छन्। रमेश प्रजापति कार्यकारी निर्माता रहेको फिल्ममा पुष्पान्जलि अधिकारी (सखा), रामशरण राना र भूपेन्द्र सुवेदीको लगानी रहेको छ।

    हेर्नुहोस् भिडियो: 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]