राजनीति

कांग्रेस दक्षिणपन्थी र प्रतिक्रियावादी पार्टी हो: अोली

कात्तिक २४, २०७४

    भद्रपुरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नभएर दक्षिणपन्थी र प्रतिक्रियावादी पार्टी भएको आरोप लगाएका छन्। 

    झापाको भद्रपुरमा आयोजित झापा क्षेत्र नम्बर– ३ को चुनाव प्रचार प्रसारसँगै अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेस पार्टीलाई त्यस्तो संज्ञा दिएका हुन्। अध्यक्ष ओलीले लोकतान्त्रिक, देशभक्त र प्रगतिशील पार्टी एमाले भएको दाबीसमेत गरे।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले कांग्रेसले सरकारमा रहेर इतिहासदेखि हालसम्म देशका लागि कुनै काम नगरेको आरोप लगाउँदै अबको राजनीति भनेको इमान र संकल्पको भएकाले त्यस्तो क्षमता कांग्रेससँग नभएको उल्लेख गरे। अब देशमा शान्ति र स्थायित्व चाहिएको उल्लेख गर्दै ओलीले अबको सरकार एमालेको बन्नुपर्ने बताए। निर्वाचनलगत्तै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनेमा कुनै शंका नगर्न पनि ओलीले अनुरोध गरे। 

    झापा जिल्लामा एमाले र माओवादीको गठबन्धनसँग राप्रपाले चुनावी तालमेलन गरिसकेकाले झापा जिल्लामा एमालेको जीत निश्चित रहेको उनले दाबी गरे। उनले वाम पार्टीसँग झापामा राप्रपासँग गठबन्धन भएर पनि झापा क्षेत्र नम्बर– ३ हार्नु लज्जाजन हुने भन्दै पार्टी कार्यकर्तालाई अलमलमा नपर्न आग्रह गरे। 
    उनले मञ्चबाटै झापा– ३ मा वाम गठबन्धनसँग सहकार्यमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई विजयीको अग्रिम शुभकामनासमेत दिए। 

    वाम गठबन्धनले यस चुनावमा फेल खाए लज्जास्पद हुने मात्र नभई देशलाई घाटा पनि हुने भएकाले वाम सहमतिको पालना गर्न सबै कार्यकर्ताको ध्यान केन्द्रित गराएका थिए। 

    झापा– ३ का प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र लिङ्देनले आफूविरुद्ध कांग्रेसले गलत प्रचार गरेको भन्दै चर्को आलोचना गरे। लिङ्देनले आफूले जितेमा राज संस्था फर्किन्छ भन्दै कांग्रेसले गरेको प्रचारकै भरमा राज संस्था फर्किनु दिवा सपना भएको बताए। 

    यस क्षेत्रमा २० वर्षसम्म कांग्रेसले गर्न नसकेको काम सबै पार्टीलाई मिलाएर पाँच वर्षभित्र सम्पन्न गर्न नसकेमा राजनीतिक क्षेत्रबाटै सन्यास लिने घोषणा पनि उनले गरे। 

    झापा क्षेत्र नम्बर– ३ प्रचार प्रसार समितिका अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य अग्नि खरेल, माओवादी केन्द्रका नेता रामनारायण विडारी, झापा क्षेत्र नम्बर– ३ प्रदेशसभातर्फका उम्मेदवार (क) का वसन्त बानियाँ र (ख) का पूर्णसिंह राजवंशीले पनि मन्तव्य राखेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]