छापा

दाहाललाई बाँदरमुढेको सकस, घटनापीडितलाई भेट्ने योजना अधुरै

कात्तिक २५, २०७४

    चितवन: कात्तिक १५ गते चितवनमा आएका माओवादी केन्द्र अध्यक्ष पुष्पकहल दाहल प्रचण्डले चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गराए। त्यतिबेला उनले पाँच दिन जिल्लामा बिताए।

    कात्तिक २० गते उनी काठमाडौं फर्कादा दर्जनौ कार्यक्रममा भाग लिए। उनको चुनावी अभियानलाई असर पार्ने अंकलन गरिएको बाँदरमुढे घटनापीडितलाई भेट्ने योजना भने अधुरै रह्‍यो। काठमाडौं गएका प्रचण्डलाई चार दिन नहुँदै फेरि बिहीबार चितवन फर्किएर आफ्नो चुनावी क्षेत्रमा घरदैलोमा जुटेका छन्। उनका प्रतिस्पर्धी उम्मेदवार राप्रपा प्रजातान्त्रिकका विक्रम माडी क्षेत्रमा घरदैलो सुरु गर्दा प्रचण्ड भरतपुर क्षेत्रमा व्स्त छन्। अब उनी माडी जाने हुन् या हैनन् र बाँदरमुढे घटनापीडितलाई भेट्छन् या भेट्दैनन् भन्ने चर्चा फेरी सुरु भएको छ।

    उम्मेदवारी दर्तापछि प्रचण्ड घटना भएको गाँउ नपुगेका पनि हैनन् माडी बसन्तपुर बजारमा रहेको 'जनयुद्ध' सहिद सतम्भमा पगेर माला चढाएका प्रचण्डले घटनास्थल बाँदमुढे भने गएनन्। उनले माडीमा रहेका पीडितलाई पनि भेटेनन्। बाँदमुढे घटनापछि प्रचण्ड पहिलो पटक स्थल मार्ग हुँदै माडी पुगेका हुन्।  

    उनले आफ्नो प्रतिस्पर्धी पाण्डेको पार्टी राप्रपा प्रजातानत्रिकका जिल्ला अध्यक्ष बद्री तिमल्सिनालाई माओवादीमा ल्याए। कात्तीक १८ गते दिनभर माडी बस्दा प्रचण्डले चुनावी माहोल बनाएकै हुन्। सोहीसभामा उनले बाँदमुढे घटनाबारे बोल्दै दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्ने बचनसमेत दिए।

    तर, यति गर्दा पनि बाँदुमुढेको सकसले प्रचण्डलाई नछाड्ने सकस देखिएको छ। 'दाहलले हामलाई भेट्न भनेर बोलाइयो, तर नभेटी जाने काम भयो। यस प्रति हाम्रो गम्भिर आपत्ती छ'बाँदरमुढे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले कात्तिक १९ गते जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

    समितिका उपाध्यक्ष कृष्ण अधिकारीले आफूहरुलाई बोलाए अनुसार माडी नगरपालिकाको मेयरको घरजाँदा त्यहाँ माओवादीका कोही नेता नभएको बताए।

    माओवादी संघर्यको बेला २०६२ साल जेठ २३ गते बिहान यात्रुखचाखच सार्वजनिक बस माओवादीले थापेको वुतिय धरापमा परेको थियो। धराप विष्फोट हुँदा ३८ जना यात्रुको तत्काल ज्यान गयो। ७२ जना घाइते भए। सो घटना माओवादी पक्षबाट जनयुद्धकालमा सबैभन्दा गम्मभीर भुल भएको प्रचण्डले तत्कालै स्वीकारेका थिए। शनिबारको सभामा पनि उनले यही कुरा दोहोर्‍याए।

    उक्त सयमयमा पीडितलाई भेटेर क्षमा माग्नेछु भन्ने १२ वर्षअघि गरेको बाचा प्रचण्डलले माडीमा दिन बिताउँदा पनि पुरा गर्न भ्याएनन्।

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]