छापा

राजधानी बसेका मतदातालाई नेताको फोन, भोट हाल्न कहिले आउने?

कात्तिक २५, २०७४

    काठमाडौं : अघिल्ला वर्षमा मंसिर लाग्दै पढ्न राजधानी छिरेका छोराछोरीलाई गाउँबाट फोन आउँथ्यो। मंसिर लाग्दै गर्दा बाआमाबाट आउने फोनमा सन्देश हुन्थ्यो, ‘घरमा अन्न भित्रयाउनुपर्‍यो, घरमा नयाँ बुहारी भित्रयाउनुपर्‍यो।’

    यस वर्ष पनि मंसिर लाग्दै छ, गाउँबाट फोन आएका छन्। तर फोन गर्ने भने फरक छन्। कारण पनि फरक छ। देश चुनावमय बन्दै गएको छ। गाउँलाई चुनावले छोप्दै गर्दा सहर र आफ्नो गृह जिल्लाभन्दा बाहिर, राजधानी र विदेशमा रहेका हुर्केका युवालाई गाउँबाट भोट हाल्ने निम्तो आउन थालेको छ।

    यसपालिको निम्तो भने अलि फरक छ। निम्तारु अनुहार उही भए पनि यसपालिको निम्तो अन्न भित्रयाउन र बुहारी भित्रयाउन भने होइन। मतदानका लागि हो। संविधान जारी भएपछि मंसिरमा हुन लागेको ऐतिहासिक प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सहर पसेका युवालाई गाउँ बोलाउने क्रम सुरु भएको छ।

    हरेक वर्ष मंसिर नलाग्दैै गाउँबाट टाढा रहेका अविवाहित छोराछोरीलाई वा आमाले फोनमा ‘केटा÷केटी हेर्न कहिले आउँछस् रु’ भनेर हैरान पार्थे। यसपटक बोलावटको विषय फेरिएको छ। स्थानीय नेताकार्यकर्ता उस्तै शैलीमा भन्दै छन्, ‘भोट हाल्न कहिले आउने?’

    काठमाडौं बुद्धनगरको एक चिया पसलमा भेटिएका कञ्चन गाउँपालिका, रूपन्देहीका अरुणकुमार सापकोटा भन्छन्, ‘गाउँबाट भोट हाल्ने निम्तो आएको छ।’ हरेक दिन गाउँको चुनावी चहलपहलबारे अपडेट भइरहेका उनले भने, ‘अघिल्ला वर्षमा पनि मंसिर लाग्न थाल्दा घरबाट बोलाउँथे, बरु यसपालि घरकाले बोलाएका छैनन्,’ उनले भने, ‘अघिल्ला वर्ष बिहेका लागि भन्दै घरबाट फोन आउँथ्यो, अहिले साथीभाइले भोट हाल्न आइज भनेर फोन गर्छन्।’

    सर्लाहीका नितेश खतिवडा भन्छन्, ‘केटाहरूलाई अनलाइन देख्नै हुन्न भोट माग्न कहिले आउँछस् भनेर हैरान छ।’ अघिल्ला वर्ष के हो यसपालि पनि बिहे खुवाउँदैनस् भन्नेहरू आजभोलि भोट हाल्न आउँदैनस् भन्दै छन् खतिवडालाई। आउँदिन भन्ने जवाफ दिने खतिवडाले यसपालि आउँछु भनेर जवाफ त दिएका छन् तर कहिले जाने टुंगो भने लागिसकेको छैन।

    रेक वर्ष मंसिर नलाग्दै गाउ“देखि टाढा रहेका अविवाहित छोराछोरीलाई बाआमाले फोनमा ‘केटा÷केटी हेर्न कहिले आउ“छस्’ भनेर हैरान पार्थे। यसपटक बोलावटको विषय फेरिएको छ। स्थानीय नेताकार्यकर्ता उस्तै शैलीमा सोध्दै छन्, ‘भोट हाल्न कहिले आउने?’

    देशभित्रै रहेकालाई मात्र होइन, देशबाहिर रहेकाहरूलाई पनि चुनावमा गाउँबाट बोलावट हुन थालेको छ। विगत पाँच वर्षदेखि कतारमा रहेका कपिलवस्तु वाणगंगा नगरपालिका हरि अधिकारीलाई पनि निम्तो आएकोछ, गाउँबाट।

    कतारपुगेदेखि हरेक मंसिरमा उनलाई पनि बिहेकै लागि निम्तो आउँथ्यो। ‘यसपालि बरु घरदेखि आमाबुबाले फोन गर्नुभएको छैन, गाउँकै राजनीतिक दलका कार्यकर्ताले मात्रै फोन गरिरहेका छन्,’ उनले भने, ‘गाउँमा चुनावले छोपिसकेको बताउदै उनले भने,

    ‘कहिल्यै नबोल्नेहरू पनि फोन गरेर बोलाउँदै छन्। सँगै काम गर्ने सबैलाई बोलाएका छन् रे। मलाई पनि फोन गरेका थिए।’मलेसियामा रहेका रूपन्देहीका मोहन पुनलाई निर्वाचनमा निम्तो आएको छ। पहिलो संविधानसभा निर्वाचनमा सक्रिय रूपमा राजनीतिमा लागेका उनी त्यसपछिका चुनावमा सहभागी हुन पाएका छैनन्।

राजधानी दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]