काठमाडौं : बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका ...
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा एम्बुस थापिएको छ। रोल्पा क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवारसमेत रहेको पुन चढेको गाडीमा शनिबार माडी गाउँपालिका-१ भिटाबाङनजिक पेदीखोलामा एम्बुस थापिएको हो।
पुन सवार बा१५च८६२८ नम्बरको गाडीमा सामन्य क्षति भएको छ। भने मानवीय क्षति भएको छैन। सुकीदह भन्ने ठाउँबाट चुनावीसभा घर्तीगाउँ फर्कन क्रमम बाटोमा एमबुस थापिएको थियो।
पुन सवार गाडीको दुई मिटरको दूरीमा मात्र वम विस्फोट भएको थियो विस्फोटबाट सडकमा ठूलो खाल्डो परेको प्रहरीले जनाएको छ। विस्तृत विवरण भने आउन बाँकी रहेकफ प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।