राजनीति

चुनाव प्रचारका लागि झापा घुमेर चुलाचुली पसे नेम्वाङ

कात्तिक २५, २०७४

    दमक : इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङ झापालाई फन्को लगाएर चुनावी प्रचारको अभियानमा जुटेका छन्। इलामको दक्षिण पश्चिमी भूगोल र सदरमुकाम बीच सोझो सडक सञ्जाल नभएका कारण झापको फेरो मारेर धाउनुपर्ने बाध्यता छ।

    उनी सोही क्षेत्रबाट ३ पटक प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भइसकेका छन्। इलामका बिभिन्न गाउँमा चुनावी भेटघाट गरेर आएका उनी चुलाचुली क्षेत्रमा पुग्न शुक्रबारराति दमकमा बास बसेका छन्। दमकमा इलामेलीहरुको बाक्लो बसोबास रहेको छ। दमक बसाइका क्रममा उनले आफ्नो क्षेत्रका स्थानीयवासीहरुलाई पनि भेटेका छन्।  दमकबाट उनी शनिबार बिहान चुलाचुलीका बिभिन्न स्थानमा हुने चुनावीसभामा भाग लिन झापा हुँदै त्यस तर्फ लागेका छन्। इलामको बाँझो, चुलाचुली लगायतका क्षेत्रका बासिन्दा झापा हँदै सदरमुकाम धाउन बाध्य हुने गरेका छन्।

    ‘तपाई पटक पटक बिजयी भएको क्षेत्रमा पनि अझै सडक, विद्युत, खानेपानी लगायतका पूर्वाधारको विकास हुन सकेको छैनन नि?’ भन्ने प्रश्नमा उनले भने,‘२०५६ साल देखिको अवस्थामा त धेरै सुधार भएको छ नि। मेरो आफ्नै पहलमा धेरै पुल बनेका छन्। विजुली विस्तार भएको छ। दमकदेखि रबि जोड्ने सडक अन्तिम चरणमा पुगेको छ। राँके धनकुटा सडक निर्माण भई रहेको छ। त्यसैले विकासका दृष्टिकोणले पनि इलाम क्षेत्र नं. २ मा धेरै काम भएका छन्। तर अझै पर्याप्त चाहिँ भएको छैन।’

    ‘मेरै पहलमा फाल्गुनन्द राष्ट्रिय विभूति’

    शनिबार मनाइदै गरेको फाल्गुनन्द जयन्तीको सन्दर्भमा संविधानसभाका पूर्वसभामुखसमेत रहेको नेता नेम्वाङले किरात धर्मका महागुरु फाल्गुनन्दलाई राष्ट्रिय बिभूति घोषणा गर्न सफल भएको बताएका छन्। पूर्वी नेपालको शैक्षिक तथा सामाजिक क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको उनको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]