राजनीति

जनमुक्ति पार्टीको ३८ बुँदे घोषणापत्र सार्वजनिक, राष्ट्रपतिमण्डल र कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव

कात्तिक २५, २०७४

    झापा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय जनमुक्ति पार्टीले ३८ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। अर्जुनधारामा सार्वजनिक गरिएको घोषणा पत्रमा आदिवासी जनजाति, खस आर्य, दलित, मधेसी, मुस्लिम, क्लस्टर र महिलाको लैङ्गिक प्रतिनिधित्व हुने गरी ५ सदस्यीय राष्ट्रपति मण्डल, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था र पहिचानमा आधारित पूर्ण संघीयताको सुनिश्चितता रहने जनमुक्तिले आफ्नो धारणा ल्याएको छ।

    घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केपी पालुङ्वाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन संघीय पक्षधरको विरुद्धमा उत्रिएको मोर्चा भएको हुँदा नेपाली जनताको स्वतन्त्रताको लागि दुवै गठबन्धन घातक भएको बताए। उनले आफ्नो उम्मेदवारी इलाम क्षेत्र नं. २ मा दिएको भन्दै लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनलाई हराउने दाउमा छ भने वाम गठबन्धन लोकतान्त्रिकलाई ठेगान लगाउने दाउमा उभिएको छ।

    घोषणापत्र सार्वजनिक कार्यक्रममा जिल्ला अध्यक्ष परशुराम मगर, केन्द्रीय सदस्य लोक आङ्ला, विष्णु थाङ्देन, जिल्ला उपाध्यक्ष पार्वता माङ्मु, सांस्कृतिक कलाकार मोर्चाका केन्द्रीय अध्यक्ष कैलाश थापा, पूर्व सैनिक संघ केन्द्रीय उपाध्यक्ष दुर्गाबहादुर कटुवाल, नगर अध्यक्ष दिलीप राई आदिले घोषणा पत्र सार्वजनिक कार्यक्रममा जातिको अग्राधिकार र पूर्ण संघीयता सुनिश्चिता नभए तेस्रो जनआन्दोलनको सुरुवात जनमुक्तिले गर्ने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]