राजनीति

प्रचण्डले चितवनमा भने -  कम्युनिष्ट केन्द्र बनाउने अभियान चुनावले मात्रै रोकिएको हो

कात्तिक २५, २०७४

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान निर्वाचनको व्यस्तताका कारण मात्र रोकिएको बताएका छन्। शनिबार दिनभर चितवनमा चुनावी घरदैलो कार्यक्रममा सहभागी प्रचण्डले पश्चिम चितवनको पटिहानीस्थित पदमपोखरीमा आयोजित कार्यक्रममा निर्वाचन लगत्तै वाम गठबन्धन एकतामा परिणत हुने जिकिर गरे।

    उनले अन्य कम्युनिष्ट पार्टीहरुलाई समेत एक बनाएर एउटा केन्द्र निर्माणको प्रयास जारी रहेको बताए। निर्वाचनपछि पाँच वर्षका लागि स्थिर सरकार निर्माण हुने विश्वास व्यक्त गर्दै प्रचण्डले सबै कम्युनिष्ट उम्मेदवारहरुलाई मतदान गरेर जिताउन समेत अपिल गरे।

    चितवनको विकास गरी नमूना सिटी बनाउन आफू जिल्लामा उम्मेदवार बनेको उल्लेख गर्दै उनले यहाँको राप्ती, नारायणीमा तटबन्धन गरी चक्रपथ निर्माण गर्ने आश्वासन समेत दिए। चितवन कृषि, पर्यटन तथा शिक्षा र स्वास्थ्यका लागि महत्वपूर्ण जिल्ला भएको भन्दै यसलाई प्राथमिकतामा राखेर आफूले विकासका कार्यक्रमहरु सञ्चालन गर्ने समेत जानकारी दिए।

    शनिबार उनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४, १५, २१, २२ वडाका फूलबारी, शिवनगर,पटिहानी, पार्वतीपुर लगायत क्षेत्रमा घरदैलो कार्यक्रम गरे।

    घरदैलोका क्रममा स्थानीले सडक, खानेपानी, स्कुल निर्माणमा ध्यान दिन आग्रह गरेका थिए। शनिबार उनले चितवनमा वाम गठबन्धन निकट कानुन व्यवसायीहरुसँग भएको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुँदै यो ऐतिहासिक अवसर गुमाउन नहुनेमा जोड दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]