समाज

नेताहरुले भोट माग्न आउँदा धुलाे उडाएको भन्दै विरोध

कात्तिक २५, २०७४

    भद्रपुर : झापामा अहिले चुनावी माहोल तातिएसँगै राजनीतिक दल तथा उम्मेदवार मतदाताहरुको घर, आँगनमा पुग्न थालेका छन्। नेताहरु भोट माग्न मतदाताहरुको घर, आँगनमा पुगे पनि स्थानीय मतदाता सडकबाट उड्ने धुलो प्रदूषणका आक्रोशित बनेका छन्। मतदाताहरुले कुन नेतालाई भोट हाल्नु भन्दा पनि सडक बनाउनु पर्ने माग नेता समक्ष राख्न थालेका छन्। 

    अहिले झापा जिल्लाका हरेक ग्राभेल सडकबाट गुड्ने सवारीसाधनले धुलो उडाएर वातावरण प्रदूषण बनाउन थालेको छ। धुलो प्रदूषणका कारण सडक आसपासका स्थानीयको स्वस्थ्यमा प्रत्यक्ष असर परेको छ। सम्बन्धित स्थानीय निकायसहित नेताले सडकबाट उड्ने धुलो समाधानमा खासै चासो नदेखाएपछि स्थानीयबासी सडक बन्द गराउन थालेका छन्। 

    झापाको चाराआली– भद्रपुर– केचना सडक खण्ड भएर गुड्ने सवारीसाधानबाट धुलोबाट प्रदूषण हुन थालेको भन्दै भद्रपुरका स्थानीयले शनिवार दुइ घण्टा सडक अवरुद्ध बनाए। भद्रपुर नगरपालिका १० स्थित वीपी चोकमा भेला भएका युवाहरुले विहान ८ देखि १० बजे सम्म चाराआली– केचना सडक खण्ड अवरुद्ध बनाएका हुन्। 

    दुई घण्टा सडक अवरुद्ध बनेपछि साना तथा ठूला सवारीसाधनको जाम लागेको थियो। सो सडक खण्ड निर्माणाधीन अवस्था रहेपनि ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडकबाट उड्ने धुलोको कारण स्थानीयले दैनिक सास्ती झेल्नु परेको स्थानीय युवा पूर्णसिंह राजवंशीले बताए। स्थानीय युवाले सडक बन्द गराएपछि तत्काल सडक निर्माण ठेकेदार कम्पनीले सडकमा पानी हाल्ने स्थानीयसँग सहमति गरेपछि सडक खुलेको हो। त्यसैगरी भद्रपुर–धुलावारी सडक खण्ड अन्तर्गत मेची नगरपालिका १५ का स्थानीय पनि सडक धुलोका कारण आन्दोलित बनेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]