राजनीति

चुनावपछि मधेसमा मधेसीको स्वायत्त राज्य बन्नेछ : उपेन्द्र यादव

कात्तिक २५, २०७४

    महोत्तरी :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंसिर २१ गते हुने चुनावमा फोरम नेपाल र राजपाका उम्मेदवार विजयी भए मधेस राज्यको निर्माण हुने बताएका छन्। शनिबार दिउँसो महोत्तरीको भंगाहा नगरपालिका ३ रामनगर विर्तामा आयोजित सभालाई संवोधन गर्दै यादवले मधेसमा मधेसीको स्वायत्त सरकार र स्वशासन यो निर्वाचनबाट सम्भव हुने बताएका हुन्।

    कार्यक्रममा मैथिली भाषामा संवोधन गरेका उनले भने 'यो निर्वाचन साधारण निर्वाचन होइन। संविधानसभापछि यो महत्वपूर्ण ऐतिहासिक कालखण्डमा यो निर्वाचन हुन लागेको छ। यो निर्वाचनपछि मधेसको आफ्नै राज्य हुनेछ। जहाँ मधेसी जनताको आफ्नो मधेस सरकार बन्नेछ। मधेसको सत्ता, शक्ति र हरेक क्षेत्र समावेशी हुनेछ। यसका लागि हामीले ठूलो संघर्ष गरेका छौं। यो मधेस प्रान्त वा मधेस राज्यको निर्माणपछि मधेसका जनताको स्वायत्त र स्वशासनको अधिकार सम्भव हुनेछ। जब फोरम नेपाल र राजपाका उम्मेददवार विजयी हुनेछ तब मधेस राज्य बन्नेछ।'

    यादवले आफ्नो ठाउँको आम्दानीले आफ्नो ठाउँको विकास गर्नका लागि मधेस सरकारको आवश्यकता रहेको औल्याए। प्रदेश नम्बर २ लाई मधेसी अधिकारसहितको राज्य स्थापित गर्न, संविधानमा मधेसीको हकअधिकार स्थापित गर्नका लागि आफूहरु चुनावमा सहभागी भएको यादवले उल्लेख गरे। उनले भने ,‘संविधानलाई संशोधन वा पुनर्लेखन भएमात्र मधेसीको अधिकार उल्लेख हुन्छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]