छापा

दोहोरो तनावमा ओली

कात्तिक २६, २०७४

    झापा : एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावमा छन्। उनी एकातिर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुट्नुपर्ने अर्कातिर वाम गठबन्धनमा संलग्न माओवादी र राप्रपा उम्मेदवारलाई पनि जिताउनै पर्ने। यसकारण ओली गृहजिल्ला झापामा यसपटक अघिल्ला चुनावमा भन्दा बढी व्यस्त छन्।

    हम्मेसी अनुहारमा तनावको बाछिटा पर्न नदिने स्वभावका ओली आफू र गठबन्धनका उम्मेदवार  सबैलाई जिताउन कार्यकर्तासँगै चुनावी दौडाहामा छन्। उम्मेदवारी दर्ताका बेला केही दिन गृहजिल्लामा चुनावी माहोल तताएर काठमाडौं पुगे पनि पछिल्लो दुई दिनयता ओली आफ्नै गृहजिल्लामा सक्रिय छन्। अहिले आफ्नै क्षेत्रकेन्द्रित अभियानमा जुटेका उनले समय निकालेर माओवादी र राप्रपालाई सघाएका क्षेत्रका कार्यक्रम पनि भ्याउँदैछन्।

    'उहाँलाई आफूले मात्र चुनाव जित्ने छुट कहाँ छ र?', झापाका एमाले नेता डिल्लीराम घिमिरेले भने, 'आफू पनि जित्ने र अरुलाई पनि जिताउने जिम्मेवारी छ। त्यसैले उहाँलाई बढी नै धपेडी छ।'

    चुनावी राजनीतिका माहिर खेलाडी मानिने ओलीका लागि यसपटक झापा क्षेत्र नम्बर ५ मा जित हात पार्न सहज छैन। २०५६ पछिको लामो समय क्षेत्रगत रुपमा अलग रहेको ठूलो भूगोल यसपटक ओलीकै निर्वाचन क्षेत्रमा परेको छ। जहाँ उनी झण्डै २ दशकपछि फेरि भोट माग्न जाँदैछन्।

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]