समाज

हिजोदेखिकै सवारीको चापले मुग्लिन–नारायणगढ सडक विस्तारको काम प्रभावित

कात्तिक २६, २०७४

    चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा रहेको जोखिमयुक्त ढुंगा पन्छाउन शनिबार दिनभर सवारी साधन अबरुद्ध हुँदा चाप आइतबार बिहानसम्म पनि हट्न सकेको छैन। गएराति ९ः३० बजेबाट ढुंगोको एक छेउ पन्छाएर एकतर्फी सडक सञ्चालन गरिए पनि अत्याधिक सवारी चापका कारण यातायात प्रभावित भएको छ। 

    जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले हिजो रोकिएका सबै गाडी जान नपाएकाले आज बिहानदेखि सवारी रोकेर भित्तो काट्ने काम हुन नसकेको बताए। यातायात सहज भएपछि मात्रै सवारी रोकेर भित्तो काट्ने काम अगाडी उनको भनाई छ। 

    यसअघिको सार्वजनिक सूचना अनुसार आइतबार बिहान ७ बजेदेखि ४ बजेसम्म घण्टाघण्टामा सवारी रोकेर भित्तो काट्ने काम सुरु गर्ने भनिएको थियो। तर यातायातको अत्याधिक चापका कारण पूर्वसूचनाअनुसार काम सुरु हुन नसकेको हो।

    आजदेखि एकहप्ता परिक्षणस्वरुप विहान ७ बजेदेखि ८ः३० बजे ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम थालिने भनेर सार्वजनिक सूचना जारी गरिएपछि यातायात व्यवस्थापन नहुँदा सो कार्यसमेत प्रभावित भएको छ । 

    उक्त सडकको ३६ किलोमिटर क्षेत्रमा तीन चरणमा अहिले सडक चौडा पार्ने काम चलिरहेको छ। यहाँको विभिन्न क्षेत्रमा करिब ७०० मिटर भित्तो काट्न बाँकी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]