समाज

गोरखामा लागूऔषधसहित दुई जना पक्राउ

कात्तिक २६, २०७४

    गोरखा :  प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। गोरखा नगरपालिका–१३ मझुवा प्रहरी चौकीले गोरखा नगरपालिका–६ का १८ वर्षीय समिन जोशी र वडा नं.११ का १८ वर्षीय सुनिल गुरुङ शनिबार लागूऔषधसहित पक्राउ परेका हुन्।

    उनीहरुको साथबाट ३२ एमपुल डाइजेपाम, ३२ एमपुल नुफिन र ३२ एमपुल फिनारागन बरामद भएको डीएसपी भेषराज रिजालले जानकारी दिए । पक्राउ परेका जोशी र गुरुङलाई लागूऔषध नियन्त्रण ऐन २०२७ अन्तर्गत मुद्दा दर्ता गरी १० दिन म्याद थपेर आवश्यक अनुसन्धान गरिरहेको डीएसपी रिजालले बताए।

    प्रहरीले उनीहरूले प्रयोग गरेको बा ६३ प ७९८४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
      

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]