समाज

१६ वर्षदेखि बन्द अस्पताल सञ्चालन गर्न पर्वतका बासिन्दाको माग

कात्तिक २६, २०७४

    पर्वत : पर्वतको दक्षिणी क्षेत्र पैयुँ गाउँपालिका–६ हुवासका बासिन्दाले १६ वर्षदेखि बन्द रहेको मिसन अस्पताल पुन सञ्चालन गर्न  माग गरेका छन्। विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले २०५० सालमा सञ्चालनमा आएको उक्त अस्पताल सशस्त्र द्वन्द्वका बेला असुरक्षाका कारण बन्द भएको थियो।

    अस्पताल बन्द भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका साविकका झण्डै दुई दर्जन गाविसका नागरिकहरुलाई सहज  स्वास्थ्य सेवाको अभाव भएको छ। पाल्पाको मिसन अस्पतालको अवधारणाअनुसार खोलिएको अस्पताल बन्द भएपछि यो क्षेत्रका मानिस सामान्य उपचारक लागि समेत कास्की, स्याङ्जा, रूपन्देही र पाल्पा जान बाध्य छन्।

    १५ शय्याको अस्पताल सञ्चालनमा कसैले पनि चासो नदिएको यहाँका सर्वधारण बताउँछन्। 'अस्पताल पुनः सञ्चालन धेरैतिर धाइयाे। कतैबाट पहल भएन', स्थानीय मित्रलाल बस्यालले भने,  'सामान्य उपचारका लागि  बुटवल, पाल्पा र स्याङ्जा जानुपर्ने बाध्यता छ।'

    पछिल्लो समय हुवासमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा तथा सडक सुविधाको राम्रो पहुँच पुगेकाले सुविधासम्पन्न अस्पतालको मात्रै कमी रहेको स्थानीयवासीको भनाइ छ।

    एक अमेरिकी संस्थाको झण्डै १ करोडको लागानीमा निर्माण गरिएको अस्पतालका भवन जीर्ण बनेर भत्किने अवस्थामा पुगेका छन् भने अन्य भौतिक सामग्री पनि बेवारिसे अवस्थामा छन्। ७ वर्षसम्म सञ्चालन भएको अस्पतालमा त्यसबेला दैनिक ८० जना भन्दा बढी बिरामीको उपचार हुने गरेको थियो।

    अस्पतालमाा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]