समाज

गेस्ट हाउस सञ्चालकको मृत्युबारे अनुसन्धान गर्न कुकुरसहितको टोली परिचालन

कात्तिक २६, २०७४

    दमक (झापा) : झापाको दमक चोकस्थित त्रिवेणी गेस्ट हाउसका व्यवस्थापकको मृत्युबारे अनुसन्धानमा कुकुरसहितको टोली परिचालित भएको छ। इलाका प्रहरी कार्यालयलय दमकले एक नम्बर प्रदेश प्रहरी कार्यालयको समन्यवमा तालिमप्राप्त कुकुरहरु ल्याई अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

    सोही गेस्ट हाउसका व्यवस्थापक १९ वर्षीय राजेश मल्लिकको शव शनिबार राति कोठामा रक्ताम्मे अवस्थामा फेला परेको थियो। उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ।

    मृतक मल्लिक दमकस्थित हिमालय माविमा कक्षा १२ मा अध्ययन रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर बस्नेतले जनाएका छन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]