काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
नगरपालिकामा अधिकृत नहुँदा सेवाग्राही मर्कामा
- टीकाराम चौधरी-
बर्दिया : बर्दियाको राजापुर नगरपालिकामा कार्यकारी अधिकृत र लेखाअधिकृत नहुँदा नगरपालिकाको कामकाज प्रभावित हुँदै गएको छ। राजापुरमा रहेका विषयगत सरकारी कार्यालयको बजेट स्थानीय तहमार्फत निकासा हुने भएपछि नगरपालिकासहित अन्य कार्यालयका कामकाजसमेत प्रभावित भएको हो।
नगरपालिकामा कार्यकारी अधिकृत र लेखा अधिकृत नहुँदा प्रत्यक्ष समस्यामा रहेको राजापुरको पशुसेवा केन्द्रका प्रमुख सुमन दत्तले बताए। नगर परिषद्को वेलामा योजना बनाएर दिएका छौँ नगरपरिषदबाट पास पनि भएको छ तर बजेट निकासा नहुँदा सेवा प्रवाह गर्न नसकिरहेको सेवा केन्द्र प्रमुख दत्तको भनाइ छ।
किसान आउँदा लाचारका साथ हातै जोडेर ‘माफ गर्नु होस् आजभोलि सेवा दिन सकिरहेका छैनौँ’ भन्ने गरेको बताए। राजापुरको पशु सेवा केन्द्रले यो क्षेत्रमा पशुमा कृत्रिम गर्भाधानको सेवा दिएर किसानलाई दूध र मासु उत्पादनमा सहयोग गर्ने गरेकोमा हाल बजेट नभएर नाइट्रोजन ग्यास नहुँदा सेवा बन्द रहेको, विभिन्न कृषक समूहलाई दिने घाँसको बीउ खरिद लगायतका रकम कार्यालयले पाएको छैन।
राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीले भने कार्यकारी अधिकृत र लेखा अधिकृतको व्यवस्था गर्न मन्त्रालयमा पटकपटक पहल गर्दा पनि अझैसम्म नपठाएको बताए। नगरपालिकाबाट पहल गरिरहेका छाँै केही दिनमा आउने प्रमुख चौधरीको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।