राजनीति

चितवनमा मतदाता शिक्षाका लागि ४०८ स्वयंसेवक

कात्तिक २६, २०७४

    चितवन : जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता शिक्षाका लागि जिल्लामा ४०८ जना स्वयंसेवक छनोट गरेको छ। हरेक मतदान केन्द्रमा एकजना रहने गरी स्वयंसेवक छनोट गरिएको हो। कार्यालयका अनुसार उनीहरुलाई आजबाट जिल्लामा मतदाता शिक्षाका लागि परिचालन गरिने भएको छ। आज मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण दिएर आइतबार दिउँसोदेखि नै उनीहरुलाई गाउँगाउँमा खटाइने जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए।

    यही कात्तिक २८ गतेसम्म तीनदिन चल्ने तालिमअन्तर्गत आज तालिम लिएकालाई आजै खटाइने जनाइएको छ। जुनदिन जति जनाले तामिल प्राप्त गर्छन्, उनीहरुलाई सोही दिनदेखि नै मतदाता शिक्षाका लागि खटाइने ढकालको भनाई छ।

    मतदाता शिक्षा कार्याक्रम निर्वाचनको अघिल्लो दिनसम्म चल्ने जनाइएको छ। जिल्लामा १६१ मतदान स्थलमा ४०८ वटा मतदान केन्द्र छन्। हरेक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा स्वयंसेवक रहने छन्। यसपाली भने उनीहरुले गाउँको टोल विकास संस्था महिला समुहहरुसँग समन्वय गरेर एउटा टोलमा एकैचोटी मतदाता शिक्षा प्रदान गर्नेछन्।

    यसअघि घरघरमा जाँदा मानिस नभेटिने गरेकाले अहिले सामूहिक रुपमा मतदाता शिक्षा दिन लागिएको छ। यसपटक स्कुमा गएर विद्यार्थीहरुलाई जानकारी गराई उनीहरुका अभिभावकलाई सिकाउन आह्वान गरिने समेत ढकालले जानकारी दिए।

    उनीहरुले मतदान गर्न पर्नेको कारण, मताधिकार के हो, कसरी भोट हाल्दा बदर हुँदैन। किन उम्मेदवार छान्ने भनेर जानकारी गराउने छन्। भोट बदर नहोस् र धेरै मत खसोस् भन्ने लक्ष्यसहित मतदाता शिक्षा दिन लागिएको हो।

    जिल्लामा तीन निर्वाचन क्षेत्रमा ३ लाख ५४ हजार ३६ मतदाता रहेका छन्। उम्मेदवारहरु अहिले गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]