राजनीति

वाम गठबन्धनका उम्मेदवारमाथिको आक्रमणप्रति एमालेको आपत्ति

कात्तिक २६, २०७४

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा वाम गठबन्धन तर्फबाट रोल्पा, रुकुम लगायका क्षेत्रमा उम्मेदवारमाथि भएको बम प्रहार एवं आक्रमणको घटनाप्रति नेकपा एमाले निर्वाचन परिचालन कमिटीले खेद प्रकट गरेको छ।

    निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार रोल्पाका वर्षमान पुन 'अनन्त' र रुकुम पश्चिमका जनार्दन शर्मामाथि भएको बम आक्रमणको घटनाप्रति एमालेले आइतवार विज्ञप्ति जारी गरी विरोध जनाएको हो। माओवादी–केन्द्रका नेता एवम् सरकारका मन्त्रीसमेत रहेका रुकुम पश्चिमका प्रतिनिधिसभाका उम्मेदवार जर्नादन शर्मा चढेको गाडीमा चौरजहारी नगरपालिकाको गाइरीमा कात्तिक २४ गते र रोल्पाका उम्मदवार वर्षमान पुनको गाडीमा रोल्पाको माडीगाउँमा कात्तिक २५ गते बम प्रहार भएको थियो। एमालेको निर्वाचन परिचालन कमिटीका सदस्य नेता विष्णु रिमालले विज्ञप्ति जारी गरी निर्वाचन नजिकिदै जाँदा सत्तारुढ दलबाट गुण्डागर्दी र आक्रमणका घटनाहरु बढेको आरोप लगाए। 

    एमालेले सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवारको प्रचार सामग्री च्यात्ने, नष्ट गर्ने र समर्थकहरुलाई धम्क्याउने, तर्साउने गरेको भन्दै त्यस्ता काममा संलग्नलाई कारबाही गर्न माग गरेको छ। 'यी र यस्ता खालका क्रियाकलापहरुले निर्वाचन शान्तिपूर्ण हुनेमा शंका उत्पन हुन थालेको र जनतामा डर, त्रास पैदा हुनथालेको छ। यो विषयमा सरकार र निर्वाचन आयोगको ध्यानआकृष्ट गराउन चाहन्छौं' विज्ञप्तिमा भनिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]