काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
उदयपुर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयका ६ जना उम्मेदवारको घरमा कालो झण्डा राखेको छ। उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै घरमा कालोझण्डा राखेको अभियोग प्रहरीले नेकपाका जिल्ला नेता पूर्णबहादुर कटुवाललाई पक्राउ गरेको छ।
कटारी नगरपालिकाको मरुवाबाट घरमै बसिरहेको अवस्थामा कटुवाललाई आइतबार विहान पक्राउ गरिएको प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। 'एक जना नेतालाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ,’ उनले भने, ‘अहिलेसम्म ६ जना उम्मेदवारको घरमा कालो झण्डा राखेको जानकारी आएको छ।’
नेकपाका कार्यकर्ताहरुले वाम गठबन्धनबाट उदयपुर १ की उम्मेदवार मञ्जु चौधरी, २ का उम्मेदवार सुरेशकुमार राई, प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की, रामकुमार खत्री, वाम गठबन्धनका उमेदवार नारायण बुर्जा मगर र प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका उम्मेददवार विष्णु राई दनुवारको घरमा कालो झण्डा राखेका छन्।
नेकपाका उदयपुरका नेता सुरेन्द्र बुढाथोकीले उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको बताए। ‘उम्मेदवारी फिर्ता लिई निर्वाचन खारेज गर्न माग गरिएको थियो,’ उनले भने, ‘नमानेपछि उम्मेदवारकै घरमा कालो झण्डा राख्ने कार्यक्रम जारी छ।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।