राजनीति

सीएनएन हिरो अनुराधा कोइराला कांग्रेस प्रवेश

कात्तिक २६, २०७४

    काठमाडौं : ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरेका हुन्।

    चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउदै पार्टी प्रवेश गरेकी हुन्। चेलीवेटी बेचविखन बिरुद्धको अभियान उनले माइती नेपाल नामक गैरसरकारी संस्थामार्फत सञ्चालन गरिरहेकी छन्।

    ‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेश पछि भनिन् ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ।’ उनले संविधान कार्यन्वयनको चुनौतीपूर्ण अहिलेको अवस्थामा कांग्रेसको पक्षमा मतदान गरेर ६ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्न मतदातासँग आग्रह गरिन्।

    लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा २०५९ साल कात्तिकमा महिला बालबालिका तथा समाजकल्या सहायक मन्त्रीको समेत अनुभव संगालेकी कोइरालाले सीएनएन हिरोसहित दर्जनौं राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएकी छन्। वालुवाटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता रामचन्द्र पौडेलसहित पार्टीका अन्य नेताहरुको उपस्थिति थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]