धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
लुक्ला (सोलुखुम्बु) : प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी, जनजाति र तिनको धर्म तथा संस्कृतिको सम्मान लोकतान्त्रिक व्यवस्थामा मात्र हुने र कम्युनिष्ट शासनमा व्यक्तिगत र धार्मिक स्वतन्त्रता नहुने बताएका छन्। आइतबार बिहान यहाँ आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको बताए।
‘पासाङल्हामु शेर्पालाई म नै सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको हुँ’, देउवाले भने, ‘यो पटकको चुनावमा अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा उठाएको छैन तर कांग्रेसले नै प्रदेशसभाको प्रत्यक्षतर्फ आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको छ।’
उनले मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित आवश्यक रहेको बताए। सोलुखुम्वुको प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्मेदवार आङ्गेलु शेर्पाले लुक्लाको सुर्केसम्म कालोपत्र सडक पुर्याउन माग गरे। स्थानीयवासीको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दुई वर्षभित्र सुर्केसम्म कालोपत्र गर्ने र सोलुदूधकुण्ड नगरपालिकमा एउटा राष्ट्रिय सभागृह बनाउने प्रतिबद्धता व्यक्त गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।