समाज

मुग्लिन सडक साँझ पाँच बजेदेखि दुईतर्फी नै सञ्चालन

कात्तिक २६, २०७४

    चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा रहेको ढुंगा पन्छाएपछि आइतबार साँझ ५ बजेदेखि सडक दुईतर्फी नै सञ्चालन भएको छ।

    ढुंगा पुरै पन्छाउन नसक्दा शनिबार राति साढे बजेदेखि एकतर्फ गाडी चल्दै आएकोमा आइतबार साँझ ५ बजेदेखि दुईतर्फी नै गाडी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। सडक एकतर्फी हुँदा जाममा परेका सवारीहरु दुईतर्फी गाडी चलेसँगै सहजरुपमा गन्तव्यतर्फ गएका छन्।

    सडक दुईतर्फी नखुल्दा आइतबार विहानदेखि सडक रोकेर भित्तो काट्ने काम समेत प्रभावित हुँदै आएको थियो। सोमबारदेखि भने सडक रोकेर भित्तो काट्ने काम थालिने नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए।

    यहाँको सडक एकतर्फी सञ्चालन हुँदा शनिबारदेखिनै यातायात आवागमन प्रभावित हुँदै आएको थियो। सार्वजनिक सूचना अनुसार सोमबारदेखि विहान ७ बजेदेखि ४ बजेसम्म घण्टाघण्टामा सवारी रोकेर भित्तो काट्ने काम शुरु गरिने आयोजनाले जनाएको छ।

    एकहप्ता परिक्षण स्वरुप विहान ७ बजेदेखि साढे ८ बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम थालिने आयोजनाको भनाइ छ। उक्त सडकको ३६ किलोमिटर क्षेत्रमा तीन चरणमा अहिले सडक चौडा पार्ने काम चलिरहेको छ। यहाँको विभिन्न क्षेत्रमा करिब ७०० मिटर भित्तो काट्न बाँकी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]