समाज

पर्सामा युवकको शव फेलापर्‍यो

कात्तिक २६, २०७४

    वीरगंजः पर्सागढी नगरपालिका– ७ फूलबरिया गाउँ नजिकैको खोलामा आइतबार एक युवकको शव फेला परेको छ।

    बहुदरामाई नगरपालिका– ६ गमहरियाका ४० वर्षका नन्दु महतो नुनियाको लास फूलबरिया गाउँको खोलाको बगरमा फेला परेको हो। 

    महतो विगत १४ दिनदेखि हराइरहेकामा आइतबार बिहान सडेको अवस्थामा खोला बगरमा शव फेला परेको प्रहरीले जनाएको छ। मानसिक अवस्था ठीक नभएका महतोको चार दिन अगाडि मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

    मृतकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा पठाइएको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बागेश्वरी तित्रौनाका सशस्त्र प्रहरी निरीक्षक रामबहादुर बस्नेतले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]