राजनीति

महराले दिए महायज्ञलाई एक लाख

कात्तिक २६, २०७४

    दाङः नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नं.– २  बाट वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रियाको अगुवाइ गरेकाले आफूलाई शान्ति दूतको रूपमा बुझ्न आग्रह गरेका छन्।

    दाङको बालकल्याण आधारभूत विद्यालय खैरामा सञ्चालित ज्ञान महायज्ञलाई आइतबार सम्बोधन गर्दे महराले त्यस्तो बताएका हुन्। ‘२०५८ सालदेखि सुरु भएको नेपालको शान्ति प्रक्रिया हुँदै २०६३ सालमा भएको शान्ति सम्झौतासम्म हाम्रो पार्टीको तर्फबाट मैले नेतृत्व गर्ने अवसर पाएँ’, उनले भने, ‘त्यसयता पनि निरन्तर सरकारमा सहभागितालगायतका माध्यमबाट नेपालको विकास र शान्ति प्रक्रियामा मैले महत्त्वपूर्ण भूमिका खेलेको छु।’ 

    विना विभागीयमन्त्री महराले आफूले सबै धर्मको उत्तिकै सम्मान गर्ने गरेको बताए। ‘म कम्युनिष्ट हुँ र म भौतिकवादमा विश्वास गर्छु’, उनले थपे, ‘तर म मन्दिर, मस्जिद, चर्च जहाँ पनि पुगेर सम्बन्धित धर्मप्रति आस्था राख्नेहरूलाई सम्मान गर्छु।’ विद्यालयमा जारी महायज्ञमा उनले एक लाख रुपैयाँ नगद दान गर्दै विद्यालयको पूर्वाधार निर्माणमा राज्यस्तरबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    आफूले लामो समयदेखि पार्टी राजनीति गरे पनि अब पूर्ण रूपमा आफू विकास निर्माणमा लाग्ने प्रतिबद्धतासहित दाङ क्षेत्र नम्बर– २ मा आएको उनको दाबी थियो। एक लाख रुपैयाँ दान दिएपछि महरालाई महायज्ञमा बजागाजासहित सम्मान गरिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]