छापा

'एनालग' टेलिभिजन भोलिदेखि बन्द

google.com
कात्तिक २७, २०७४

    काठमाडौं : सरकारले मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई बन्द गराउन लागेको हो।

    गाउँपालिकामा भने आगामी वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ। सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि ‘अपग्रेड’मा ध्यान दिन आग्रह गरेको छ। सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी बन्द गर्ने बताए।

    ‘निर्धारित समय काटेका ठाउँमा अनुगमन टोलीले नै बन्द गराउने छ’, उनले भने, ‘अब अनुगमन टोलीले बन्द गराउँदा किन बन्द गरियो भन्ने प्रश्न कुनै सेवा प्रदायकले गर्न पाउनेछैन।’ केबल टेलिभिजन महासंघमा आबद्ध टेलिभिजनहरूलाई पनि कात्तिक २८ अर्थात् मंगलबारबाट एनालग बन्द हुने सूचना दिन आग्रह गरेको मन्त्रालयले जनाएको छ।

    इन्टरनेसल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सन् २०१७ डिसेम्बर एनालग प्विधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटलमा टेलिभिजन सञ्चालन गर्नुपर्ने बाध्यता छ।नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो। मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग टेलिभिजन बन्द गर्ने सूचना निकालेको थियो।

    सरकारले २०७१ मंसिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केबल नेटवर्कहरूलाई इजाजत दिन बन्द गरिसकेको थियो।

कारोबार दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित अर्थकेन्द्रित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]