राजनीति

धनकुटामा अधिकांश उम्मेदवारको जमानत जफत

मंसिर २९, २०७४

    धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका १३ जनाको धरौटी जफत भएको छ। कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेपछि कानुनबमोजिम ती उम्मेदवारको धरौटी जफत भएको हो। धरौटी जफत हुनेमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ९ जना छन्।

    वाम गठबन्धन र कांग्रेसका सबै तथा संघीय समाजवादी र राप्रपाका १–१ उम्मेदवारले भने धरौटी जोगाएका छन्। जिल्लामा ६८ हजार ७ सय ७२ मत खसेकोमा ६६ हजार ५ सय ६४ मत सदर भएको छ। प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनबाट विजयी एमाले उम्मेदवार राजेन्द्र राई र निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका सुनिलबहादुर थापाबाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

    धरौटी जफत हुनेमा मंगोल नेशनल अर्गनइजेसनका श्याममान राई, एकीकृत राप्रपा राष्ट्रवादीका सुभानसिंह राई, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रबहादुर रसाइली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रसिंह लिम्बु नेम्वाङ छन्।

    प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट विजयी निरन राई र निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका मनोहरनारायण श्रेष्ठबाहेक सबैको जमानत जफत भएको छ। यसरी जमानत जफत हुनेमा राप्रपा राष्ट्रवादीका ज्ञानबहादुर विष्ट, राजपाका खगेन्द्रप्रसाद राई, जन प्रजातान्त्रिकका सोमबहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका क्षेत्रबहादुर लिम्बु र राप्रपाका चक्रबहादुर बुढाथोकी छन्।

    प्रदेशसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट विजयी इन्द्रमणि पराजुली र निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका अर्जुनबहादुर थापाले मात्र जमानत जोगाएका छन्। राप्रपा राष्ट्रवादीका दाजङ्बो शेर्पा, नेमकिपाका दुर्गमान थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली र नेपाली कांग्रेस (वी.पी) का विकास तामाङको जमानत जफत भएको छ।

    प्रतिनिधिसभा सदस्यका उम्मेदवारले १० हजार प्रदेशसभाका उम्मेदवारले ५ हजार धरौटी राखेका थिए। समावेशी कोटामा उम्मेदवार बन्नेले भने पचास प्रतिशत कम राखेका थिए।

    ५ हजारभन्दा बढी मत बदर

    धनकुटामा मतदाता शिक्षा प्रभावकारी नहुँदा समानुपातिकतर्फ ५ हजारभन्दा बढी मत बदर भएको छ। प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र धनकुटामा ५ हजार ६ सय ६० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। ६८ हजार ७ सय ७२ मत खसेकामा सदर मत भने ६३ हजार १ सय १२ रहेको थियो।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]