राजनीति

भोजपुरमा दुई गठबन्धनबाहेक सबै उम्मेदवारको जमानत जफत

मंसिर २९, २०७४

    भोजपुर : भोजपुरमा २ गठबन्धनका बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका ६ जनाबाहेका कसैले पनि १० प्रतिशत मत ल्याएर जमानत जोगाउन सकेनन्।

    प्रतिनिधिसभा सदस्यका ६ र प्रदेशसभा सदस्यका ९ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन– २०७४ को दफा– ७१ को उपदफा– १ बमोजिम १५ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले बताए।

    ऐनमा गरिएको व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ ६, प्रदेशसभा सदस्यतर्फ भोजपुर (क) मा ५ र ख) मा ४ जनाको जमानत जफत भएको हो। भोजपुरमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस, वाम गठबन्धनबाट माओवादी केन्द्र (विजयी), राष्ट्रिय जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले, नयाँ शक्ति नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र संघीय लोकतान्त्रिक मञ्चले उम्मेदवारी दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]