समाज

सवारी दुर्घटनामा कमी होस् भन्दै इटहरीमा स्थानीयले गरे सडकमै पूजा

मंसिर २९, २०७४
    • अर्जुन सुवेदी-

सुनसरी : बढ्दो सवारी दुर्घटनामा कमी होस् भन्दै सुनसरीको इटहरीमा स्थानीयले सडकमा सार्वजनिक होम लगाएका छन्। कोसी राजमार्ग अन्तर्गतको इटहरी–धरान सडक खण्डको हलगडा क्षेत्रमा बढ्दो सवारी दुर्घटनामा कमी होस् भन्ने कामना गर्दै बिहीबार इटहरीवासीले हिन्दू परम्पराअनुसार सडकमा होम लगाएका हुन्।

स्थानीयले देवीदेवता गुहार्दै इटहरीको वडा नम्बर १ र ४ को बीचमा पर्ने हलगडा क्षेत्रमा होम लगाएका हुन। स्वस्ती शान्ति सहितको होम गर्नाले सवारी दुर्घटनामा कमी आउने स्थानीयवासीको विश्वास रहेको छ। स्थानीयले सडक दुर्घटना न्यूनीकरणको कामना गर्दै भाकलसहित सडकमा नै होम लगाएको स्थानीय विक्रम दाहालले जानकारी दिए।

केही वर्षअघि पनि त्यस क्षेत्रमा सवारी दुर्घटना बढ्न थालेपछि स्थानीयवासीले होम लगाएका थिए। त्यतिवेला होम लगाएपछि सवारी दुर्घटनामा कमी आएकोले यसपटक पनि सोही विश्वासले होम गर्नुपरेको दाहालले बताए। सडकमा तीव्र गतिमा गुड्ने सवारीको गति नियन्त्रण नहुनु तथा साँघुरो सडकका कारण सो क्षेत्रमा दुर्घटना बढेको छ।

सो क्षेत्रमा सवारी दुर्घटनामा परेर मृत्यु भएका सर्वसाधारणको आत्म चीर शान्तिको कामना गर्नका लागि पनि होम गरिएको स्थानीय टोल विकास संस्थाका सदस्यहरुको भनाइ छ। स्थानीयले राजमार्ग भत्किएका कारण जोखिम बढेको भन्दै सम्बन्धित निकायले मर्मत सम्भारका लागि ध्यान नदिएको आरोप लगाउँदै ध्यानाकर्षणको लागि पनि यसप्रकारको अनौठौ शैली अपनाएको बताएका छन्।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सो क्षेत्रमा मंसिर महिनामा मात्रै एक दर्जन सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा चार जनाको ज्यान गएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]