राजनीति : निर्वाचन २०७४

डोटीमा ११ प्रतिशत मत बदर

मंसिर २९, २०७४

    डोटी : डोटी जिल्लामा  ११ प्रतिशत मत बदर भएको छ।  मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा प्रतिनिधिसभामा ११ प्रतिशत मत बदर भएको छ।

    डोटीबाट प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ ६९ हजार १ सय ४९ मत खसेकोमा ७ हजार ४ सय १६ मत बदर भएको मूख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए। पनरुले भने, ‘कुल खसेको मतमा १०.७२ प्रतिशत मत बदर भए अधिकांस मत पत्रमा दुई चिन्हमा संकेत, औंठाछाप गरेको भेटियो।’

    प्रतिनिधी सभामा भन्दा प्रदेश सभामा मत बदरको संख्या धेरै रहेको छ। प्रदेश सभाका लागी डोटी निर्वाचन क्षेत्र नम्बर १मा ३६ हजार ९ सय ४९ खसेकोमा ६ हजार ३ सय मत बदर भएका छन्।  उक्त मत संख्या १७ प्रतिशत हुन आउँछ।   प्रदेश सभा २ मा  पनि १६ प्रतिशत  मत बदर भएको छ। उक्त क्षेत्रमा ३२ हजार २ सय खसेकोमा ५ हजार २ सय ५५ मत बदर भएका छन।

    दुई चुनाब चिन्हमा संखेत, दुई चिन्हको बिचमा संकेत र औंठा छाप गरेका कारण मत  प्रत्येक्ष तर्फका मत बढी बदर भएको मूख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिनु भएको छ।

    समानुपातिक मत पत्रमा भने स्थानीय तहको जस्तै क्रमस ७ ओटा चुनाब चिन्हमा अधिंकासले मतदान गरेको पाएको छ।  डोटी जिल्लामा मतदाता शिक्षा प्रभाबकारी नभएको नागरिक समाजले आरोप लगाएको छ।

    २० दल दर्ता ८८ चिन्ह

    ७ नम्बर प्रदेशमा समानुपातिक तर्फ २० दलमा मात्र दर्ता भए पनि मत पत्रमा ८८ ओटा चिन्ह भएका कारणले मतदाता अस्पस्ट भएको जिल्ला निर्वाचन अधिकारी नन्दीराज ओझाले बताए। ओझाले भने ‘ ठुलो मत पत्र भयो, दर्ता नभएका दललाई पनि भोट आयो त्यसो हुँदा उक्त मतपत्र पनि बदर भए।’

    मतदाताले स्थानीय तहको जस्तै मतदान गर्दा बदरको संख्यामा बृद्धी भएको पाएको छ। निर्वाचन अधिकारी ओझाले भने ‘ स्थानीय तहकोे  जस्तै ७ ओटा फरक–फरक चिन्हमा मतदान गरेको पाइयो, छोटो समयमा दुई प्रकारको मतदाता शिक्षा दिईयो त्यसैले पनि अलमल परेको पाइयो।’

    गठबन्धनले गर्दा अलमल

    समानुपातिक मतपत्र बदर हुुनुमा दलहरुको गठबन्दन पनि एउटा कारण देखिएको छ।  चुनाबको मुखमा आएर बाम र लोकतान्त्रीक गठबन्धन बनाएका दलहरुले एउटै कार्यक्रममा फरक फरक चिन्हमा मत  मागेका कारण अलमलमा परेको एक जना मतदाता हिरा बमले बताईन।

    बमले भनिन् ‘सिकाँउदा फरक फरक चिन्हमा भोट मागे एउटै मतपत्रमा दुई ठाउँमा पनि झुक्किएर मतदान भयो त्यसैले पनि मत बदर भयो र अर्को कुरा एउटै मतपत्रमा प्रदेश र प्रतिनिधीका लागी मतदान गर्नु पर्ने भएकाले एउटा ठाउँमा मतदान नै गरेनन्।’

    प्रत्येक्ष तर्फमा  डोटी जिल्लामा प्रतिनिधी सभामा ३ हजार ९ सय १० मत बदर भएको छ भने  प्रदेश सभा क मा  १ हजार ९ सय ६१  र दुईमा १ हजार ७ सय  बदर भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

    डोटीमा समानुपातिकमा कांग्रेस पहिलो

    डोटी जिल्लामा समानुपातिक मतका आधारमा नेपाली काँग्रेस सबै भन्दा ठुलो दल बनेको छ। प्रतिनीधी सभाका लागी खसेको  ६९ हजार १ सय ४९ मत मध्य २८ हजार १ सय ४ मत नेपाली कांग्रेसले ल्याएको हो।

    समानुपातिक मतका आधारमा नेकपा एमाले दोस्रो दलको रुपमा देखा परेको छ भने माओवादी केन्द्र तेस्रो दलको रुपमा देखा परेको छ।   एमालेले २५ हजार ४ सय ८४ र  माओबादी केन्द्रले  ५ हजार २ सय ६९ मत ल्याएको छ।

    देशभर नेकपा एमाले पहिलो बनेको भए पनि डोटी जिल्लामा उस्ले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ।  डोटीमा काँग्रेसले एमाले भन्दा २ हजार ६ सय २० मत बढी प्राप्त गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

    प्रदेश सभामा डोटी निर्वाचन क्षेत्र नम्बर १ मा कुल ३६ हजार ९ सय ४९ मत खसेको मा नेपाली कांग्रेसले १४ हजार ३ सय ९७, एमालले ११ हजार ९ सय ४७, माओवादी केन्द्रले २ हजार ७ सय ९६ मत प्राप्त गरेका छन।

    प्रदेश सभाको २ नम्बर क्षेत्रमा कुल ३२ हजार २ सय मध्य काँग्रेसले ११ हजार २ सय ९८, एमाले ९ हजार ४ सय १९ , माओवादीले ४ हजार ४ सय ८२ र राष्ट्रिय जनमोर्चाले १ हजार ४९ मत  प्राप्त गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत नबराज जोशीले जानकारी दिएका छन्।

    प्रदेश र प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठुलो दल देखिएको छ। संयुक्त वाम गठबन्धनको मत भन्दा कम भए पनि छुट्टा छुट्टै हेर्दा कांग्रेस पहिलो दल बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]