राजनीति

मधेस आन्दोलनसम्बन्धी प्रतिवेदन बुझ्दै प्रधामन्त्रीले भने- महत्वपूर्ण निर्णय गर्दिनँ

मंसिर २९, २०७४

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कामचलाउ भइसकेको स्वीकार्दै महत्वपूर्ण निर्णयहरु नगर्ने बताएका छन्। मधेस आन्दोलनका क्रममा घटेका घटनाबारे सत्य/तथ्य छानविन गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै शुक्रबार प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

    साथै उनले सो प्रतिवेदन अध्ययन गरी आवश्यक निर्णय पनि नयाँ सरकारले नै गर्ने बताए। प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी पनि नयाँ सरकारकै भएको उनले बताएको आयोगका अध्यक्ष गिरिशचन्द्र लालले जानकारी दिए।

    आयोगले प्रतिवेदनमा सहिद घोषणा गर्न बाँकी ४ जनालाई पनि तत्काल सहिद घोषणा सरकारलाई सुझाव दिएको छ। प्रतिवेदनमा मधेस आन्दोलनको क्रममा ६६ जनाको ज्यान गएको र त्यसमध्ये ४ जनालाई अझै सहिद घोषणा गर्न बाँकी रहेको उल्लेख गरिएको छ।

    आयोगले मधेस आन्दोलनका पीडितले दिएको ६ हजार ६ सय ६४ वटा निवेदनलाई समेत ध्यानमा राखेर मधेस आन्दोलनको घटनाबारे सत्यतथ्य छानबिन गरेको हो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश लालको अध्यक्षता गठित ७ सदस्यीय छानबिन आयोगले बुझाएको ७ सय ९ पृष्ठ लामो प्रतिवेदनमा मधेस आन्दोलनका क्रममा १० जना सुरक्षाकर्मीको समेत ज्यान गएको उल्लेख गरिएको छ।

    आयोगका अध्यक्ष लालले प्रतिवदेनमा मधेस आन्दोलनका कारण र समाधान गर्ने उपायको खोजीसमेत गरिएको दाबी गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]