राजनीति

प्रदेश - २ मा प्रत्यक्षतर्फ वाम गठबन्धन र कांग्रेस कमजोर, कुन बन्यो पहिलो दल?

मंसिर २९, २०७४

    काठमाडौं : प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभमा देशभरबाट बहुमत ल्याएको वाम गठबन्धन प्रदेश नम्बर २ मा तुलनात्मक रूपमा कमजोर देखिएको छ। दुई चरणमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सय १६ र प्रदेशसभातर्फ २ सय ४१ स्थानमा निर्वाचन जितेको वाम गठबन्धनले प्रदेश २ का ८ जिल्लामा भने प्रभाव देखाउन सकेन।

    सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी ८ जिल्लामा प्रतिनिधसभा र प्रदेशसभा दुवैमा मधेसकेन्द्रित दल अघि देखिएका छन्। प्रतिनिधिसभामा ११ सिट जितेर राजपा पहिलो र १० सिट जितेको संघीय समाजवादी फोरम दोस्रो स्थानमा छन्। यस्तै प्रदेशतर्फ संघीय समाजवादी फोरमले २० र राजपाले १५ स्थानमा जित हात पारेका छन्। २ नम्बर प्रदेशका ३२ निर्वाचन क्षेत्रमा फोरम र राजपाले तालमेल गरेर उम्मेदवार उठाएका थिए। फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए।

    प्रतिनिधिसभातर्फ प्रदेश–२ को ३१ स्थानमा उम्मेदवारी दिएको कांग्रेसले ६ स्थानमा जित हासिल गरेको छ। कांग्रेसले महोत्तरी–३ मा भने राजपाका महन्थ ठाकुरलाई सहयोग गर्दै आफ्ना उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको थियो।

    यस्तै एमालेसँग गठबन्धन गरेर प्रदेश नम्बर २ को १८ स्थानमा उम्मेदवारी दिएको माओवादीले ५ स्थानमा मात्र जित निकालेको छ। यस्तै १५ स्थानमा उम्मेदवार उठाएको एमालेले २ स्थामा मात्र विजय हासिल गरेको छ।

    राजपाले प्रतिनिधिसमातर्फ सप्तरी-३, धनुषा-३, महोत्तरी-३, रौतहट-१, सर्लाही-१, बारा-४, पर्सा-४, महोत्तरी-२, सर्लाही-२ र सिरहा-४ मा विजयी भएको छ। यस्तै संघीय समाजवादी फोरमले सप्तरी-१, सप्तरी-२, धनुषा-२, महोत्तरी-४, बारा-२, बारा-३, पर्सा-१, पर्सा-२ र पर्सा-३ मा जित हासिल गरेको छ।

    कांग्रेसले सप्तरी-४, रौतहट-२, सर्लाही-४, बारा-१, रौतहट-४ र सिरहा-१ कांग्रेसले जित हासिल गरेको छ। प्रदेश नम्बर २ मा चौँथो दल बनेका माओवादी केन्द्रले भने धनुषा-१, महोत्तरी-१, रौतहट-३, सर्लाही-३ र सिरहा-२ मा जित हात पारेको छ। एमाले भने धनुषा-४ र सिरहा-३ मा सिमित बनेको छ।

    प्रदेशसभातर्फ भने संघीय समाजवादी फोरमले २० स्थामा जित हासिल गर्दा दोस्रो बनेको राजपाले १५ स्थामा जितेको छ। यस्तै प्रदेशसभातर्फ एमालेले १४ स्थानमा विजय हासिल गरेको छ। कांग्रेसका तर्फबाट प्रदेश नम्बर २ मा ८ जना प्रदेशसभा सदस्य विजयी भएका छन्। माओवादी केन्द्रका ६ जना प्रदेशसभा सदस्यमा विजय भएका छन्।

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरमा ०७५ माघसम्म कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]