काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको असार मसान्तभित्रै १४ लाखभन्दा बढी बालबालिकालाई इनएक्टिभेटेड पोलियो भ्य...
काठमाडौं : मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुटुरोगको निशुल्क उपचार सेवा सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयको गत ५ मंसिरको सचिवस्तरीय निर्णयले केन्द्रलाई मुटुरोगको निशुल्क उपचार गर्ने बाटो खुला गरेपछि गत आइतबारदेखि मुटुरोगको निशुल्क उपचार सुरु गरिएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए।
'स्वास्थ्यले मन्त्रालयले २० मंसिरमा अनुमति पत्र दिएपछि हामीले आइतबारदेखि मुटुको निशुल्क उपचार सेवा सञ्चालन गरेका हौं' श्रेष्ठले भने। केन्द्रले अबदेखि १५ वर्ष मुनिका बालबालिका, जेष्ठ नागरिक र बाथ मुटुरोगबाट भल्भ विग्रिएकाहरुको निशुल्क उपचार सेवा दिनेछ।
मुटुरोगको उपचारमा सरकारले नागरिकलाई दिएको सबै सुविधा अब मानव अंग प्रत्यारोपण केन्द्रबाट समेत उपलब्ध हुने निर्देशक श्रेष्ठले जानकारी दिए।अस्पतालले मुटुरोगको उपचारका लागि डा. मोहनदेव भण्डारीको संयोजकत्वमा मुटुसर्जनहरु डा.सम्पुर्णमा तुलाधर र मुटु फिजिसियन डा. कार्तिकेश सिहं ठाकुरसहित टोली गठन गरेको छ।
मुटुरोगको निशुल्क कार्यक्रम यसअघि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोथारासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगायतका सरकारी अस्पतालमा मात्रै उपलव्ध हुँदै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।