स्वास्थ्य

उपचारका लागि रकम अभाव हुँदा सुर्खेतमा थलिए जाजरकोटका लालु शाही

मंसिर २९, २०७४

    सुर्खेतः उपचारका लागि रकम अभाव हुँदा जाजरकोटका लालु शाही सुर्खेतमा थलिएका छन्। 

    पाँच महिनाअघिदेखि दायाँ खुट्टामा रक्त संचार प्रक्रिया बन्द भएपछि काटेर फाल्नुपर्ने अवस्था आए पनि रकम अभाव हुँदा उपचार हुन नसक्दा शाही थलिनुपरेको हो।

    खुट्टाको बिरामी भएर थला परेको पाँच महिनाबीचमा जाजरकोट शिवालय गाउँपालिका– ५ थालारैकरका ५० वर्षका लालु शाहीको उपचारका लागि नेपालगंजलगायतका विभिन्न अस्पतालमा गए पनि रकम अभावले उनको दाहिने खुट्टाको एउटा औँला कुहिएर झरिसकेको छ भने अरू औँलाहरू पनि झर्ने अवस्थामा पुगेका छन्।

    नेपालगंजको वेष्टर्न हस्पिटलमा डाक्टरले खुट्टा काटेर फाल्नुपर्छ भनेपछि शाही आर्थिक संकटमा परेर सुर्खेतको एक होटलमा बस्दै आएका छन्।
    खुट्टामा ठेस लागेर सामान्य घाउ भएको र अहिले पूरै संक्रमण फैलिएर काट्नुपर्ने अवस्थामा पुगेको उनले बताए। 

    ‘अहिलेसम्म उपचारका लागि भएको सबै पैसा सकियो, डाक्टरले शल्यक्रिया गरेर खुट्टा काटेर फाल्न १० लाख बढी खर्च लाग्ने बताएको छ’, शाहीले भने, ‘उपचारका लागि काठमाडौँ जानुपर्ने सल्लाह छ, तर हामीसँग पैसा छैन, ऋण दिने कोही छ्रैनन्, सबै उपाय टुंगियो।’

    कालापहाडको कमाइले घरखर्च चलाउँदै आएका शाही पाँच महिनादेखि बिरामी भएर थला परेपछि पाँच जना छोराछोरी र श्रीमतीको पालनपोषणमा समस्या भएको छ।

    श्रीमती पदमी शाहीले कमाइ गर्ने श्रीमानको यस्तो अवस्था हुँदा निकै पीडा भएको बताउँदै उपचारमा १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएपछि रकम जोहो गर्ने चिन्ताले पिरोलेको दुखेसो पोखिन्।

    खुट्टामा संक्रमण थप बढ्दै गएकाले तत्काल उपचारका लागि सक्दो सहयोग गरिदिन उनले सबैसँग आग्रह पनि गरिन्।

    सहयोगका लागि उनले राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ४०८००००९९२१८ मा रकम जम्मा गरिदिन वा मोबाइल नम्बर ९८४८१०४८६४ मा फोन गरेर सहयोग गर्न आग्रह गरेकी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]