काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
डडेल्धुराः डडेल्धुराका नवनिर्वाचित प्रदेशसभा सांसदलगायत नेता कार्यकर्ताहरू पछिल्लो समय नागरिकको घरदैलोसम्म पुगिरहेका छन्।
चुनावमा निर्वाचित भएपश्चात् प्रदेशसभा ‘क’ र प्रदेशसभा ‘ख’का नवनिर्वाचित सांसदद्वय पठानसिंह बोहरा र कर्णबहादुर मल्ल गाउँटोलमै पुगेर मतदाताहरूलाई भेटिरहेका छन्। उनीहरूले मतदाताहरूलाई निर्वाचनमा अमूल्य मत दिएर जिताएको भन्दै धन्यवाद पनि दिइरहेका छन्।
नवनिर्वाचित सांसदहरू मतदाताहरूको बधाई तथा शुभकामना लिँदै उनीहरूका समस्यालाई नजिकबाट बुझिरहेका छन्। मतदाताहरूका गाउँठाउँमै गई जनताका समस्याहरूको समाधान गर्ने प्रतिवद्धतासमेत जनाइरहेका छन्।
मतदाता भेटघाटमा व्यस्त प्रदेशसभा सांसद बोहराले डडेल्धुराको समग्र विकासका लागि अघि बढ्ने बताएका छन्। चुनाव अगाडि जनताको माझमा गरेका वाचा पूरा गरेरै छाड्ने अर्का प्रदेशसभा सदस्य मल्ल बताउँछन्।
सबैभन्दा पहिले नागरिकलाई अतिआवश्यक पूर्वाधारहरूलाई महत्त्वका साथ हेरिने उनको भनाइ छ। विजयी उम्मेदवारहरूले गाउँघरमै पुगेर मतदाताहरूका गुनासा, सुझाव र सल्लाहलाई आत्मसात गर्न थालेपछि मतदाताहरू आफ्नो गाउँठाउँको विकास हुनेमा आशावादी छन्।
जिल्लाका सबै नेता कार्यकर्ताहरु समेत अहिले दैनिक विभिन्न गाँउक्षेत्रका मतदाता भेटघाटमा व्यस्त रहेका छन्। यस्तै सात नम्बर प्रदेशका अन्य जिल्लाबाट निर्वाचित सांसद लगायत नेताकार्यकर्ताहरु समेत नागरिकको घरदैलोमा पुगिरहेका छन्। जनप्रतिनिधि गाउँ पस्न थालेपछि नागरिकहरु सात नम्बर प्रदेशमा विकासको नयाँपनको आभास मिल्नेमा ढुक्क बनेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।