राजनीति : निर्वाचन २०७४

संखुवासभामा कांग्रेस र कम्युनिष्टको पालैपालो जित

पुस १, २०७४

    संखुवासभा : एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको संखुवासभाका तीनवटै सिट वाम गठबन्धनका उम्मेदवारले जितेका छन्। मंसिर १० गते भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजेन्द्र गौतम र प्रदेशसभामा एमालेकै तुलसीप्रसाद न्यौपाने र माओवादी केन्द्रका पूर्णप्रसाद राई निर्वाचित भएका छन्।

    यसअघि २०६४ सालमा जिल्लाका तत्कालिन दुईवटै निर्वाचन क्षेत्रबाट वामपन्थी उम्मेदवार निर्वाचित भएका थिए। २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नं. १ मा नेकपा माओवादीका पूर्णप्रसाद राईले र क्षेत्र नं. २ मा एमालेका डम्बर खड्का विजयी भएका थिए।

    २०५६ सालमा नेपाली कांगेसले जित हात पारेको संखुवासभामा ०७० सालको निर्वाचनमा भने दुईवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भएका थिए।  

    प्रतिनिधिसभा तर्फ १ हजार १ सय ३० मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्कालाई पराजित गर्दै एमालेका गौतम ३२ हजार ७ सय ६९ मतसहित विजयी भए। २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं. २ बाट गौतम र खड्काबीच प्रतिस्पर्धा हुँदा कंग्रेसका खड्का निर्वाचित भएका थिए।

    प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा पनि पूर्वसांसद टंकप्रसाद राई र पूर्णप्रसाद राईबीच प्रतिस्पर्धा हुँदा २०५६ सालमा निर्वाचित सांसद टंकप्रसादलाई हराउँदै २०७४ सालका सांसद पूर्णप्रसाद २ हजार ४५ मतान्तरले विजयी भए। पूर्णप्रसादले १६ हजार ६ सय ७७ मत ल्याए भने टंकप्रसादले १४ हजार ६ सय ३२ मत ल्याएर पराजित भोगेका हुन्।

    यस्तै प्रदेशसभा ख मा नेपाली कांग्रेसका दीपक लिम्बुलाई १ हजार ३ सय ७४ मतान्तरले हराउँदै एमालेका तुलसीप्रसाद न्यौपाने विजयी भए। लिम्बुले १६ हजार १ सय ४० मत ल्याए भने विजयी न्यौपानेले १७ हजार ५ सय १४ मत प्राप्त गरे।

    यस निर्वाचनमा जिल्लामा १० वटा दलका २७ उम्मेदवारबीच विभिन्न पदमा प्रतिस्पर्धा भएको थियो। १ सय ३ मतदानस्थलका १ सय ५३ मतदान केन्द्रमा १ लाख ५ हजार ८५ मतदातामध्ये ६९ हजार २ सय ४६ मतदाताले मतदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]