काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की र नेपालका लागि मोरिससका (गैरआवासीय) राजदूत हेमन्दोयल डिल्लम...
काठमाडौं: मुक्तिनाथ विकास बैंकको ११ प्रतिशत ब्याजदर सहितको ट्रीपल टु ट्रीपल मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ। बैंकको ११ औँ स्थापना वर्षको अवसरमा ट्रीपल टु ट्रीपल धक्का मुद्दती निक्षेप खाता सुरु गरेको हो।
यो योजना अन्तर्गत न्यूनतम मौज्दात ५ हजार रुपैयाँमा सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ८ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी प्रदान गर्ने बैंकले जनाएको छ। त्यस्तै २ सय २२ दिने मुद्दती खातामा न्यूनतम एक लाख रुपैयाँमा वार्षिक ११ प्रतिशत त्रैमासिक रुपमा ब्याज प्रदान गर्ने योजना बैंकको छ।
यस योजना अन्तर्गत खाता खोल्ने प्रत्येक ग्राहकले ५ ग्रामको चाँदीको सिक्का, निशुल्क भिसा डेबिट कार्ड, निशुल्क मोबाईल बैंकिङ तथा निशुल्क इन्टरनेट बैंकिङ् प्राप्त गर्ने सुविधा बैंकले दिएको छ। पुस द्द गतेदेखि यो योजना बैंकका ७२ वटै शाखा मार्फत लागु गरिने जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।