काठमाडौँ : नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भनेर प्रश्न...
भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाइबीच शनिबार भेटवार्ता भएको छ। निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक हुँदा सबैभन्दा ठूलो पार्टी बनेको एमालेका अध्यक्ष ओलीलाई बधाइ दिनको लागि राजदूत अगुवाई ओली निवास बालकोट पुगेका थिए।
भेटमा ओलीले आफू र आफ्नो गठबन्धन संविधान र कानुनको परिधिमा रहेर काम गर्ने बताए। भ्रष्टाचार न्यूनीकरण,विकास,समृद्धि,पारदर्शिताजस्ता कुराहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने ओलीले बताए। 'हामी लोकतन्त्रका आधारभूत मूल्य मान्यता स्थापित गर्ने कुरामा प्रतिवद्ध छौं' ओलीले भने।
ओलीले आगामी सरकार असमानता,गरिबी,सामाजिक विभेद जस्ता नेपाली समाजका वेथितीहरु हटाउन प्रयासरत रहने बताए। उनले जापानबाट विकास निर्माण, सामाजिक जनचेतना आदि क्षेत्रमा सहयोगहको अपेक्षा गरेको बताए।
राजदूत ओगावाले नेपालमा अब स्थायी सरकार निर्माण हुने अपेक्षा आफूले गरेको बताए। उनले नेपालको विकास निर्माणमा जापानले विगतदेखि नै गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।