राजनीति : निर्वाचन २०७४

कमल थापाले झापा आएर बधाई दिँदा लिङ्देनका आँखा रसाए

पुस १, २०७४

    भद्रपुर (झापा) : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित हासिल गरेको एकमात्र सिट झापा ३ मा आफ्ना विजयी उम्मेदवार राजेन्द्र लिङ्देनलाई बधाई दिन शनिबार अध्यक्ष कमल थापा नै आए।

    झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफूले चुनाव हारेको भन्दा पनि पार्टीले अनपेक्षित हार व्यहोरेको पीडा बढी भएको बताए। उनले पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड नकटाउनुको नैतिक जिम्मेवारी आफूले लिने भन्दै हार्नुका कारणबारे पार्टीभित्र गम्भीर अध्ययन र अनुसन्धान गर्ने पनि धारणा राखे।

    निर्वाचनपछि देशमा शान्ति र स्थायित्व कायम हुन्छ भन्ने जनताको अपेक्षा रहेको भन्दै थापाले राप्रपाले भने संसद र सडकबाटै जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए। झापाबाट राजेन्द्र लिङ्देन विजयी बनेर पार्टीकै अस्तित्व जोगाएको भन्दै उनले लिङ्देन र झापाको पार्टी नेतृत्वको प्रशंसा गरे। थापाले राप्रपाले समानुपातिकबाट प्रदेशसभा सदस्यतर्फ पाउने सिटमध्ये केही सिट झापाका नेतालाई दिने प्रतिवद्धता समेत जाहेर गरे।

    लिङ्देनको आँखा रसाए

    राप्रपा अध्यक्ष कमल थापाले झापाबाट सांसदमा निर्वाचित राजेन्द्र लिङदेनलाई जितको खुशी साटासाट गर्न झापा आएर बधाई तथा शुभकामना दिएपछि पार्टीका महामन्त्री लिङदेन कार्यक्रम स्थलमा भावुक बने। लिङदेनको आखाँ रसाए, उनको आँखा रसाउँदा अध्यक्ष थापा पनि भावुक देखिए।

    पार्टी अध्यक्ष थापालाई लिङ्देनले भने, ‘फेरि पनि तपाईको नेतृत्वमा यो पार्टी अघि बढ्छ।’ बोल्दा बोल्दै आखाँभरि आँशु टिलपिल पारेका लिङ्देनले अगाडि भने, ‘हामी हारेका छौं, ढलेका छैनौं। जसले आफू हार्न तयार रहेर पनि मेरो जितलाई सुनिश्चित बनाउनुभयो। धेरै साथीहरुलाई थाहा छैन, म आभार व्यक्त गर्न चाहान्छु।' लिङ्देनले विजयी गराउने मतदाता, शुभेच्छुक, पार्टीका नेता, कार्यकता र वाम गठबन्धनलाई धन्यवाद दिँदै जनताले दिएको जिम्मेवारी विना भेदभाव पूरा गर्ने प्रतिवद्धता जनाए।

पार्थ मण्डल

मण्डल थाहा खबरका झापा (भद्रपुर) समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]