राजनीति : निर्वाचन २०७४

समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकियो, दुई जिल्लाका ४ क्षेत्रमा जारी

फाइल फोटो
पुस १, २०७४

    काठमाडौं : मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। ७५ जिल्लाको मतगणना सकिएको र अब दुई जिल्लाको चार निर्वाचन क्षेत्रको मात्र बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। 

    शनिबार साँझसम्म सुनसरी क्षेत्र नं. ३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ मा मात्र मत गणना जारी रहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए। आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार हालसम्म ९३ लाख ७२ हजार ५ सय ४४ मतगणना भएको छ। 

    प्राप्त मत परिणाम अनुसार नेकपा एमालेले ३१ लाख ३३ हजार २०३, नेपाली कांग्रेसले ३० लाख ७१ हजार ५१२, नेकपा माओवादी केन्द्रले १२ लाख ७४ हजार ८८४, संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६० हजार ८४, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ४८ हजार ६११ मत पाएका छन्। 

    त्यस्तै विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९८३, राष्ट्रिय प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिक ले ८७ हजार ६०७, नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ७४४, राष्ट्रिय जनमोर्चा ६२ हजार ४७ र अन्य दलले ३ लाख ४८ हजार ३३५ मत प्राप्त गरेका आयोगले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]