छापा

सहमति नभएसम्म राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने

पुस २, २०७४

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति भण्डारीले अध्यादेशबारे छिटो सहमतिमा पुग्न सुझाब दिएकी छिन्।

    कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानमा छ भने एमाले र माओवादी बहुमतीय प्रक्रियाको पक्षमा छन्। प्रमुख दलहरूबीच नै सहमति नभएकाले विवादित अध्यादेश प्रमाणित गर्दा झन् विवाद बढ्ने राष्ट्रपतिको बुझाइ छ। ‘राष्ट्रपतिज्यूले प्रधानमन्त्रीसहित नेताहरूलाई छिटो राजनीतिक सहमति खोज्न आग्रह गर्नुभएको छ,’ राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले भने, ‘निकास दलहरूले नै खोज्ने हो भन्ने राष्ट्रपतिज्यूको मान्यता छ।’

    शनिबार प्रचण्डसँगको भेटमा पनि राष्ट्रपति भण्डारीले अध्यादेशबारे एकै ठाउँ बसेर सहमति खोज्न आग्रह गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलमार्फत छिटो निकास खोज्न ध्यानाकर्षण गराएकी थिइन्।

    राष्ट्रपतिले अध्यादेश रोक्नु असंवैधानिक : संविधानविद्

    सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले रोक्न वा फर्काउन नमिल्ने सुझाब संविधानविद्हरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार साँझ भएको छलफलमा उनीहरूले प्रमाणीकरणका लागि पेस गरेको अध्यादेशलाई राष्ट्रपतिले कुनै दलको प्रभावमा अड्काएर राख्नु गैरसंवैधानिक भएको बताएका छन्। सरकारले दुई महिनाअघि राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरेको थियो। कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चुनाव पद्धति एकल संक्रमणीय आधारमा हुनुपर्ने सुझाव संविधानविद्हरूले दिएको बताए। ‘राष्ट्रिय सभा भनेको एउटा दलको बहुमतको सभा होइन, यो राष्ट्रिय स्वरूपको हुन्छ। पहिले पनि यस्तै चलन थियो। अरू देशमा पनि यही चलन छ भन्ने सुझाब आएका छन्,’ छलफलपछि नेता पौडेलले नयाँ पत्रि

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]