खेलकुद

सिटीको कीर्तिमानी विजयी यात्रा जारी, टोटनह्यामको पोस्टमा ४ गोल

Photo : Goal.com
पुस २, २०७४

    काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटनह्याम हट्सपरविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिमानी विजयी यात्रालाई निरन्तरता दिने क्रममा सिटी ४-१ ले विजयी भयो। प्रिमियर लिगमा सिटीको यो लगातार सोह्रौं जित हो। सिजन सुरु भएयता सिटीले कुनै पनि खेल हारेको छैन। लिगको दोस्रो खेलमा एभर्टनसँग १-१ को बराबरी खेलेयता उसले सबै खेल जित्दै आएको छ।

    सिटीको जितमा रहिम स्ट्रलिङले २ तथा केभिन डिब्रुएने र इल्काइ गुन्दोवानले १-१ गोल गरे। इन्जुरी समयमा क्रिस्टियन इरिक्सनले टोटनह्यामका लागि सान्त्वना गोल फर्काए। प्रिमियर लिगको शीर्ष टोलीमध्ये एक मानिने सिटीले जारी सिजन लिगका टप सिक्स टोलीसँग शतप्रतिशत अंक खोसिसकेको छ। जितसँगै १८ खेलमा ५२ अंकका साथ सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग १४ अंकको अग्रता कायम गरेको छ। यद्यपि युनाइटेडले एक खेल कम खेलेको छ।

    प्रिमियर लिगअन्तर्गत नै गएराति भएका अन्य खेलमा क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई ३-०, आर्सनलले न्युक्यासललाई १-०, चेल्सीले साउथम्पटनलाई १-०, हडर्सफिल्डले वाटफोर्डलाई ४-१ तथा वेस्टह्यामले स्टोक सिटीलाई ३-० ले पराजित गरे। बर्नली र ब्राइटनले भने गोलरहित बराबरी खेलेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]