काठमाडौँ : धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्। हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा...
भद्रपुर (झापा) : वनजंगलबाट अवैध रूपमा सखुवाको काठ तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। शिवसताक्षी नगरपालिका १० दोमुखास्थित माईखोलाको बगरबाट प्रहरीले शनिबार बेवारिसे अवस्थामा रहेको सखुवाको काठ बरामद गरेको हो।
माइखोलमा काठ चोरी निकासी भइरहेको सूचनाका अाधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले माइखोला बगरबाट अन्दाजी २० क्यु. फिट सखुवाको काठ बरामद गरेको हो। चोरी निकासीमा संलग्न व्यक्ति भने पक्राउ परेनन्। उनीहरुको खोजी कार्य गरिरहेको जनाएको छ।
बरामद भएको सखुवा काठलाई आवश्यक अनुसन्धान पश्चात इलाका प्रहरी कार्यालयले इलाका वन कार्यालय सुरुंगामा बुझाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ। गिरोहमा संलग्न व्यक्तिले वनजंगल मासेर सुखवाको काठ तस्करी गर्दै आए पनि त्यस्ता व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल बनेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।