काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
धनकुटा : धनकुटालाई प्रदेश १ को राजधानी बनाउन माग गर्दै स्थानीयले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन्। अढाइ सय वर्षअघिदेखि प्रशासनिक केन्द्र रहेको धनकुटा, ऐतिहासिक, भौगोलिक र सामरिक रुपले समेत प्रादेशिक राजधानीका लागि उपयुक्त भएको भन्दै उद्योग वाणिज्य संघ र नागरिक समाजको अगुवाइमा दबाब आन्दोलन थालिएको हो।
तेह्रथुम, भोजपुर, संखुवासभा र खोटाङ लगायतका जिल्लाहरु समेत धनकुटा नै प्रादेशिक राजधानी हुनु पर्ने पक्षमा रहेको आन्दोलनकारीको दाबी छ। 'मत माग्ने बेलामा धनकुटालाई प्रादेशिक राजधानी बनाउँछु' भन्ने नेताले बोलेको कुरा पूरा गर्नुपर्ने नागरिक समाजका अगुवा विदुर सुवेदीले बताए।
एक नम्बर प्रदेशको सबै ठाउँको संगमस्थल धनकुटा नै भएकोले धनकुटाको विकल्प नभएको र प्रदेश १ का १४ वटै जिल्लाको केन्द्रभागमा रहेको, पर्याप्त भौतिक संरचना, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यवस्था भएको लगायत कारणले धनकुटालाई नै प्रादेशिक राजधानी बनाउनुपर्ने सुवेदीले बताए।
धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले हरेक हिसाबले धनकुटानै राजधानीका लागि उपयुक्त भएपनि त्यसलाई बेवास्ता गर्दै अन्यत्रै राजधानी तोक्ने सड्यन्त्र भइरहेकोले आन्दोलनमा उत्रिन बाध्य भएको बताए।
पहिले देखि नै प्रशासनिक केन्द्र हुँदै यसअघि पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको धनकुटालाई सरकारले बेवास्ता गरेको घिमिरेले बताए। धनकुटावासीले यसअघि जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइसकेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।