समाज

सोलुखुम्बुमा एक घर जलेर नष्ट

पुस २, २०७४

    सोलुखुम्बु : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घर जलेर नष्ट भएको छ। स्थानीय तेन्डी शेर्पाको घरमा शनिबार अपराहह्न ग्यास लिक भएर आगो लागेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ।

    आगलागीबाट १ लाख ५० हजार नगदसहित ढुंगामाटोले बनेको तीन तले घर, घरमा भएको सुनचाँदीलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिए।

    घरमा कोही नभएका बेला आगो लागेको थियो। आगो निभाउन स्थानीय र प्रहरीले प्रयास गरे पनि सफल नहुँदा सम्पूर्ण सामान जलेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]