समाज

चिसो बढेसँगै सोलुखुम्बु सदरमुकाममा आइतबारदेखि एक घण्टा लोडसेडिङ

पुस २, २०७४

    सोलुखुम्बु  चिसो बढेसँगै सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आइतबारदेखि लोडसेडिङ हुने भएको छ। सल्लेरी च्याल्सा विद्युत् कम्पनीबाट वितरित बिजुलीले माग धान्न नसकेपछि एक घण्टा लोडसेडिङ गरेको  कम्पनीका निमित्त प्रमुख रामेश्वर मास्केले जानकारी दिए।

    मास्कले चिसो बढ्दै गएपछि साँझ र बिहानको समयमा विद्युतीय खपत बढेपछि 'ओभरलोड' भएकाले लोडसेडिङको समय बढेको बताए। ६ सय ३३ किलोवाट क्षमता रहेको कम्पनीको अहिले १ हजार ९ सय घरधुरीले विद्युत उपभोग गरिरहेका छन्।

    केही दिनयता सदरमुकाम आसपासको क्षेत्रमा पानी जम्न थालेको छ। पानी अत्याधिक चिसो हुनेभएपछि धेरै समय कुर्नुपर्ने बाध्यता बढ्न थालेको छ। 'बढ्दो चिसोका कारण कार्यकक्षमा हिटर प्रयोग हुन्छ, बिहान बेलुकाको त कुरै छाडौं', निमित्त प्रमुख मास्केले भन्ने, 'त्यसैले एक घण्टा लोडसेडिङ गर्नुहाम्रो बाध्यता हो।' 

    निमित्त प्रमुख मास्केले जाडोको समयमा आवश्यकता भन्दा बढी विद्युत खपत हुने सामग्रीको प्रयोग कम गर्न समेत उपभोक्तालाई आग्रह गरे। सल्लेरी च्याल्सा  कम्पनीले जिल्लामा सञ्चालित सञ्चारमाध्यम, जिल्ला अस्पताललगायतमा भने नियमित विद्युत् आपूर्ति गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]