विश्व

राहुल गान्धीले लिए भारतीय कांग्रेसको नेतृत्व, आमा सोनियाको संन्यास

Photo : BBC
पुस २, २०७४

    भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको अध्यक्षको जिम्मेबारी उपाध्यक्ष राहुल गान्धीले औपचारिक रुपमा ग्रहण गरेका छन्।

    गत १९ वर्षदेखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी छिन्। छोरालाई पार्टी अध्यक्षको पद हस्तान्तरण गरेसँगै पार्टीको सक्रिय राजनीतिबाट अवकाशको घोषणा गरेकी छिन्। उनले अब पार्टीको कुनैपनि पद नलिने घोषणा गरेकी छिन्।

    कांग्रेसको नेतृत्वका लागि पाँच दिन पहिले भएको निर्वाचनमा राहुलबाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।

    राहुलका पिता राजीव गान्धी, उनका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरूले भारतको प्रधानमन्त्री पद सम्हालिसकेका छन्।

    राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएका थिए।

    भारतीय कांग्रेसका कार्यकर्ताहरूले ४७ वर्षीय राहुलले पार्टी अध्यक्षको जिम्मेबारी सम्हालेपछि उनको समर्थनमा नाराबाजी गरेका थिए। उनीहरुले राहुल जिन्दावाद, राहुल गान्धी अमर रहुन्, लगायतका नारा लगाएका थिए।

    अध्यक्षको रुपमा शपथग्रहण कार्यक्रममा आमा सोनियाका साथमा राहुल।  

    भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीकी धर्मपत्नी सोनिया गान्धी गत तीन वर्षदेखि बिरामी थिइन्। जसका कारण उनले पटकपटक अस्पताल भर्ना भएर उपचारमा उपचाररत थिइन्।

    बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ। नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]