समाज

हुस्सुसँगै तराईमा चिसो बढेपछि जनजीवन प्रभावित

पुस २, २०७४

    लहान : सिरहा सप्तरी लगायतका जिल्लामा पछिल्लो दुई दिनदेखि बाक्लो हुस्सु लाग्नुका साथै चिसो बढेको छ। चिसोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घटेको छ। हुस्सु लागेकाले सडकमा सवारी साधनहरु बत्ती बालेर गुडाइएका छन्।

    चिसोले सिरहाको लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैया, सिरहा सदरमुकम लगायतका व्यापारिक ठाउँहरुमा चहलपहल कम भएको लहान उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार महतोले जानकारी दिए। 

    अध्यक्ष महतोका अनुसार चिसोका कारणले स्थानीय हाट बजारमा मानिसहरुको चलपहल कम हुँदा अन्य सामानको व्यापार घटे पनि जाडोको लुगाको व्यापार बढेको व्यापारीहरु बताउँछन्।

    चिसोका कारणले मानिसहरु अति जरुरी कामबाहेक बाहिर निस्किन सकिरहेका छैनन्। शनिबार बिहानदेखि नै राम्ररी घाम नलाग्दा चिसो बढेको छ। शनिबारदेखि सिरहाको तापक्रम १० डिग्री सेल्सियसभन्दा ओरालो लागेको छ।

               

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]